दैनिक समाचारदाता
राजविराज, ५ जेठ ।
सप्तरी प्रहरीले भारतबाट नेपालतर्फ अवैध रुपमा भनसार छलि तथा चोरी पैठारी गरी ल्याउँदै गरेको झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद गरेको छ ।
प्रहरीले जिल्लको खडक नगरपालिका वडा नं. ८ खोजपुरस्थित क्षेत्रबाट इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले १ लाख ९७ हजार १ सय २० मुल्य बराबरको कपडा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीका अनुसार प्रहरी टोलीलाई देख्ने बित्तिकै बोराहरु छाडी मानिसहरु भागेको र उक्त बोराहरु खोली चेकजाच गर्दा सो बोराभित्र विभिन्न कपडाहरु फेला परेको हो ।
बोराहरु प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
सारांश
- प्रहरीले जिल्लको खडक नगरपालिका वडा नं.
- ८ खोजपुरस्थित क्षेत्रबाट इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले १ लाख ९७ हजार १ सय २० मुल्य बराबरको कपडा बरामद गरेको हो ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीका अनुसार प्रहरी टोलीलाई देख्ने बित्तिकै बोराहरु छाडी मानिसहरु भागेको र उक्त बोराहरु खोली चेकजाच गर्दा सो बोराभित्र विभिन्न कपडाहरु फेला परेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया