दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
राजविराज नगरपालिकाका सवइन्जिनियर मनोज कुमार यादवलाई कुटपिट गरेको आरोप लागेका गुलाब यादवको बचाउ गर्दै यातायात मजदुरका अगुवाहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य धिरेन्द्र बर्मा धिरुको अगुवाईमा शुक्रबार जिल्ला प्रशसन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।
नगरपालिकाका सवइन्जिनियर यादवले पुरानो रिसिइवी साध्न गुलाबमाथी कुटपिटको झुठो आरोप लगाएको ज्ञापन पत्रमार्फत दाबी गरिएको छ ।
ज्ञापन पत्रमा घटना बारे प्रत्यक्षदर्शी, स्थानीयवासी तथा वडाअध्यक्ष जयनारायण मण्डलसँग सत्यतथ्य बुझ्न आग्रहसहित निर्दोषलाई फसाउने प्रयास बिरुद्ध मजदुरहरु संगठित रुपमा आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।
यसैबीच तीन दिनदेखी धर्नामा बसेका नगरपालिकाका कर्मचारीहरुले शुक्रबार दिउँसोदेखी धर्ना कार्यक्रम स्थगित गरेका छन् ।
प्रहरी प्रशासनले कुटपिट गर्ने गुलाबबिरुद्ध मुद्दा दर्ता भई पक्राउ पूर्जी समेत जारि भइसकेकाले आन्दोलनका कार्यक्रमहरु रोक्न आग्रह गरेपछी तत्कालका लागि धर्ना कार्यक्रम स्थगित गरेको राजविराज नगरपालिका कर्मचारी संघर्ष समितिले जनाएको छ ।
राजविराज ८ निवासी गुलाव यादवले सवइन्जिनियर यादवलाई कुटपिट गरेको भन्दै विगत तीन दिनदेखी कारवाहीको माग गर्दै कार्यालयको कामकाज ठप्प पार्दै नगरपालिकाका कर्मचारीहरु धर्ना बसेका थिए ।
यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
सारांश
- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य धिरेन्द्र बर्मा धिरुको अगुवाईमा शुक्रबार जिल्ला प्रशसन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।
- नगरपालिकाका सवइन्जिनियर यादवले पुरानो रिसिइवी साध्न गुलाबमाथी कुटपिटको झुठो आरोप लगाएको ज्ञापन पत्रमार्फत दाबी गरिएको छ ।
- ज्ञापन पत्रमा घटना बारे प्रत्यक्षदर्शी, स्थानीयवासी तथा वडाअध्यक्ष जयनारायण मण्डलसँग सत्यतथ्य बुझ्न आग्रहसहित निर्दोषलाई फसाउने प्रयास बिरुद्ध मजदुरहरु संगठित रुपमा आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया