ऋण दिएको कागजको सट्टा झुक्याएर जग्गा नै बिक्रि गरेको कागजमा आंैठा छाप

राजविराज राजविराज
|
बिहिबार, आषाढ १२, २०७६
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  •     सप्तरीको सुरुङ्गा नगरपालिका २ निवासी ६३ वर्षिया अघिनियादेवी कोइरीको १६ कठ्ठा ८ धुर जग्गा किर्ते गरेर हडप्न खोजेको आरोपमा छिमेकी लक्ष्मण साहलाई प्रहरीले पक्राउ गरेको हो ।
  •     पीडित बृद्धकी एक मात्र छोरा छन् ।
  • रोजगारको सिलसिलामा बिदेशमा रहेका छोराले पठाउने रकमबाट घर खर्च कटाएर बचेको रकम उनी गाउँमै ब्याजमा समेत लगाउने गर्छिन् ।

दैनिक समाचारदाता
राजविराज, ११ असार । 
    एक बृद्धालाई झुक्याएर लाखौंको जग्गा हडप्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 
    सप्तरीको सुरुङ्गा नगरपालिका २ निवासी ६३ वर्षिया अघिनियादेवी कोइरीको १६ कठ्ठा ८ धुर जग्गा किर्ते गरेर हडप्न खोजेको आरोपमा छिमेकी लक्ष्मण साहलाई प्रहरीले पक्राउ गरेको हो ।
    पीडित बृद्धकी एक मात्र छोरा छन् । रोजगारको सिलसिलामा बिदेशमा रहेका छोराले पठाउने रकमबाट घर खर्च कटाएर बचेको रकम उनी गाउँमै ब्याजमा समेत लगाउने गर्छिन् । 
    छिमेकी साहकै आग्रहमा उनी लहान निवासी सत्यानारायण पंजियारलाई २ लाख रुँपैया ऋण दिन तयार भएकी थिइन् । यसरी ऋण वापत दिएको ठूलो रकमको सुरक्षाका लागि पंजियारसँग कागज गराउनु पर्छ भनी सुझाव दिएका साहले उल्टै अघिनिया देवीले आफ्नो नाउँमा रहेको जग्गा मध्ये १६ कठ्ठा ८ धुर जग्गा पंजियारलाई बिक्रि गरेको कागजात बनाई झुक्याएर अघिनिया देवी सँग औठा छाप लगाएका थिए । त्यसपछि साह र पंजियार सदरमुकाम राजविराजस्थित भूमी सुधार तथा मालपोत कार्यालय पुगेर नामसारी प्रक्रियामा लागेका थिए ।     यता ऋण दिएको कागजामा औठा छाप गरेको र अब महिने÷महिनै ब्याज आउने आशमा खुशी भएकी अघिनियाँलाई काम विशेषले मालपोत कार्यालय पुगेका सोही वडा निवासी शुभकलाल महतोले जग्गा बिक्रि गरेको भनदै जिज्ञासा राख्दा उनी छानाबाट खसे जस्तै भइन् । उनले महतोलाई आफूले कुनै जग्गा नबेचेको तथा पंजियारलाई ऋण दिएको कागजामा मात्र औठा छाप लगाएको बताएपछि किर्ते गरि जग्गा हडप्ने प्रयासको खुलासा भएको हो । 
    मंगलबार मालपोत कार्यालयमा एक बृद्धालाई नक्कली अघिनियाको रुपमा प्रस्तुत गरि नामसारीको प्रयास भइरहेकै बेला अघिनियादेवीका आफन्त र शुभचिन्तकहरु पुगेपछि साह र पंजियार फरार भएका थिए । प्रहरीले खोजतलासको क्रममा साहलाई पक्राउ गरि आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी समायोजन नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेश सरकार धर्नामा 
प्रहरी समायोजन नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेश सरकार धर्नामा 
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
कसैलाई एक रुँपैया कमिशन नदिन  प्रदेश सभासदस्य सुमनको आग्रह 
कसैलाई एक रुँपैया कमिशन नदिन  प्रदेश सभासदस्य सुमनको आग्रह 
शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्रको शाखा जनकपुरमा 
शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्रको शाखा जनकपुरमा 
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
बलात्कार मुद्दाका दोषी कारागारबाट  भागेर पीडितसँगै गरे बिवाह
बलात्कार मुद्दाका दोषी कारागारबाट  भागेर पीडितसँगै गरे बिवाह
सप्तरीका डा. दिपक गुप्ता “नेपाल प्रविधि विद्याभूषण” बाट विभुषित
सप्तरीका डा. दिपक गुप्ता “नेपाल प्रविधि विद्याभूषण” बाट विभुषित
रुपनीलाई हराउँदै डाक्नेश्वरीले हात पा¥यो दोश्रो मेयर कपको उपाधी
प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द
प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु