सप्तकोशीमा पानीको बहाव उच्च वर्षाले सप्तरीको जनजिवन प्रभावित

राजविराज राजविराज
|
शुक्रबार, आषाढ २७, २०७६
|
|
११० पटक हेरिएको
Shares
सप्तकोशीमा पानीको बहाव उच्च वर्षाले सप्तरीको जनजिवन प्रभावित

सारांश

  •     यता दुई दिनदेखीको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।
  • पानीको वहाव बढेसँगै कोशी व्यारेजका ५६ ढोका मध्ये अहिले २३ वटा ढोका खुल्ला राखिएको छ भने खतरा सम्बन्धी संकेत स्वरुप कोशी ब्यारेजमा रातो झण्डा सँगै रातो बत्ती बालिएको छ ।
  •       शुक्रबार दिउँसो ६ बजेसम्म सप्तकोशी नदीमा पानीको वहाव १ लाख ७२ हजार ६ सय २५ क्वीसेक प्रतिसेकेण्ड रेकर्ड गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ असार । 
    लगातारको वर्षाले सप्तरी जिल्लाको अधिकांश क्षेत्र जलमग्न सँगै जनजिवन प्रभावित बनेको छ । गत शनिबारदेखि मनसुन सक्रिय भएसँगै देशभर वर्षा भइरहदा सप्तरी समेत प्रभावित भएको छ । 
    यता दुई दिनदेखीको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको वहाव बढेसँगै कोशी व्यारेजका ५६ ढोका मध्ये अहिले २३ वटा ढोका खुल्ला राखिएको छ भने खतरा सम्बन्धी संकेत स्वरुप कोशी ब्यारेजमा रातो झण्डा सँगै रातो बत्ती बालिएको छ । 


    शुक्रबार दिउँसो ६ बजेसम्म सप्तकोशी नदीमा पानीको वहाव १ लाख ७२ हजार ६ सय २५ क्वीसेक प्रतिसेकेण्ड रेकर्ड गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । 
    कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत रातो झण्डा र रातो बत्ति बाल्ने गरिन्छ । 
    पानीको बहाव बढ्दै गएपछि स्थानिय प्रशासनले नदी किनार आसपासका स्थानियहरुलाई सतर्क रहन आग्रह गरेको छ । 
    निरन्तरको वर्षालाई मध्ये नजर गर्दै स्थानिय प्रशासन राहत र उद्दारका लागि तैयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् ।
    यता पाँच दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण शुक्रबार बिहानसम्म राजबिराजका विभिन्न वडा जलमग्न भएको छ भने जिल्लाको दक्षिणी तिलाठी कोइलाडीको बेल्ही बढी प्रभावित भएको छ । 
    वर्षाले जिल्ला प्रहरी कार्यालय सप्तरी, राजबिराजको गजेन्द्र चौक, हटिया, मालपोत कार्यालय जलमग्न भएको छ भने राजबिराज नगरपालिका, बालमन्दिर, अदालत लाईन, राजदेबी मन्दिर, भगवती मन्दिर, थानगाछी, तेतरी गाछी, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर समेत जलाशयमा परिणत भएको छ । 
    पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् ।


    वर्षाका कारण तिलाठी कोईलाडी, हनुमाननगर कंकालनी नगरपालिका, रूपनी गाउपालिका, क्षेत्रका जलमग्न हुनुका साथै केही घरहरुमा पानी पसेको छ । यस्तै अविरल वर्षाले सप्तरीको ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढेर गाउँ डुबानमा परेका छन् ।
    नदी र खोलामा आएको बाढीले केही स्थानमा खेतीयोग्य जमीन समेत कटान गरेका छन् । खाडो नदीको पानीको सतह बढेर बाढि पस्दा बेल्ही तिलाठी डुबानमा परेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हटियाको जग्गा अतिक्रमणबारे कावा प्रमुखको निर्णय बिरुद्ध बोर्डका सदस्यहरु, डिपिआर बमोजिम नै मैले निर्णय गरे ः कावा प्रमुख परबिन
हटियाको जग्गा अतिक्रमणबारे कावा प्रमुखको निर्णय बिरुद्ध बोर्डका सदस्यहरु, डिपिआर बमोजिम नै मैले निर्णय गरे ः कावा प्रमुख परबिन
राजगढ गाउँपालिकाको गाउँँसभा रद्धसहित  विभिन्न ८ बुँदे माग अघि सार्दै प्रर्दशन
राजगढ गाउँपालिकाको गाउँँसभा रद्धसहित  विभिन्न ८ बुँदे माग अघि सार्दै प्रर्दशन
शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
विभिन्न घटनामा दुईको मृत्यु 
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
नेकपा (एकीकृत समाजवादी) को खड्क नगरपालिका कमिटि गठन
पत्रकारले प्रहरी प्रशासनको कार्यक्रमदेखी प्रहरी प्रमुख सहभागि कार्यक्रम समेत बहिष्कार गर्ने
पत्रकारले प्रहरी प्रशासनको कार्यक्रमदेखी प्रहरी प्रमुख सहभागि कार्यक्रम समेत बहिष्कार गर्ने
दिउँसै टर्च बालेर यूवाहरु नेता, सांसद खोज्दै
दिउँसै टर्च बालेर यूवाहरु नेता, सांसद खोज्दै
दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ 
दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ 
निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान