दैनिक समाचारदाता
राजविराज, २९ असार ।
लगातारको बर्षा तथा खाँडो, महुली, जिता र कोशीनदीको बाढीका कारण सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका करिब २ हजार परिवार प्रभावित भएका छन् ।
खाँडो खोलाको बाँध तीन ठाउँमा भत्किदा गाउँपालिकाको वडा नं. १ जलमग्न भएको छ । त्यहाँको करिब ८ सय घर डुबानमा परेको हो ।
यसैगरी जिता, महुली र कोशी नदीको बाढीका कारण वडा नं. ४ कोइलाडी, वडा नं. ५ को. बर्साइनका बासिन्दाहरु प्रभावित भएका हुन् । खाँडो नदीमा अत्यधिक बाढी रहेको कारण बाँध मर्मत सम्भार गर्न सकिएको छैन ।
यता वडा नं. ३ सकरपुरामा भत्किन लागेको खाँडो नदीको बाँधलाई स्थानीययुवाहरु दामोदर मुखिया, उग्रकान्त झासहितकाले बाँध मर्मत गरी भत्काउनबाट जोगाएका छन् । उनीहरुलाई गाउँपालिकाबाट तीन हजार बोरा र जाली उपलब्ध गराइएको छ ।
यता वडा नं. २ लौनियाँमा भत्किन लागेको बाँधलाई स्थानीय वडाअध्यक्ष खगेन्द्र मण्डलको अगुवाईमा युवाहरुले बाँध भत्किनबाट जोगाएका छन् । गाउँपालिकाले दिएको बोरा र जालीबाट बाँध भत्किनबाट उनीहरुले जोगाएका हुन् ।
गाउँपालिकाको कार्यालय समेत डुबानमा परेको छ । कार्यालय भित्र पानी नपसेपनि परिसरमा तीन फिटसम्म बाढीको पानी रहेको छ । कार्यालयको सामान तथा कागजपत्रहरु सुरक्षित तरिकाले राख्न आवश्यक तयारी गरिएको छ । तिलाठीमा करिब एक दर्जन घर बाढीको कारण भत्किएको छ ।
तिलाठीमा बाढीबाट दुई सय परिवार प्रभावित, ८ सय घर डुवानमा
सारांश
- खाँडो खोलाको बाँध तीन ठाउँमा भत्किदा गाउँपालिकाको वडा नं.
- १ जलमग्न भएको छ ।
- त्यहाँको करिब ८ सय घर डुबानमा परेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया