इतिहासविद् दासको निधनले जिल्लावासीलाई अतुल्निय क्षति

राजविराज राजविराज
|
शनिबार, भाद्र ७, २०७६
|
|
२६ पटक हेरिएको
Shares
इतिहासविद् दासको निधनले जिल्लावासीलाई अतुल्निय क्षति

सारांश

  •     इतिहासविद् प्राध्यापक डा.
  • पिताम्बरलाल यादवले स्व.
  • दास आफ्नो गुरु मात्र नभई सहकर्मी भई लामो समयसम्म काम गरेको चर्चा गर्दै कृतिहरुको संरक्षण गरे मात्र उहाँलाई सच्चा श्रद्वाञ्जली हुनेछ ।

    राजविराज÷ईतिहासविद् एवं अवकासप्राप्त सहप्राध्यापक हरिकान्त लाल दासको १३ औ दिनको पुण्यतिथिमा शनिबार श्रद्वाञ्जली सभा आयोजना गरिएको छ ।
    शनिवार मैथिल महिला परिषद द्वारा आयोजित श्रद्वाञ्जली सभामा मधेशी आयोगका अध्यक्ष बिजय दक्तले हरिकान्तलाल दासको निधनले मिथिला मधेश मात्र नभई देशले नै एक कुशल लेखक एवम् अनुसन्धानकर्ता गुमाएको जिकिर गरे ।
    सभामा पुर्व मंन्त्री उमेश कुमार यादबले हरिकान्त लाल दासले ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक क्षेत्रका कुशल अनुसन्धानकर्ताको रुपमा देशमै चिनिएका दासको निधनले मिथिला मधेशमा अपुरणीय क्षति भएको बताए । 
    इतिहासविद् प्राध्यापक डा. पिताम्बरलाल यादवले स्व. दास आफ्नो गुरु मात्र नभई सहकर्मी भई लामो समयसम्म काम गरेको चर्चा गर्दै कृतिहरुको संरक्षण गरे मात्र उहाँलाई सच्चा श्रद्वाञ्जली हुनेछ ।
    डा यादबले गहन अध्ययन–अनुसन्धानमा विशेष दखल भएका उनले गरेका कार्य युगौ युगसम्म जिवन्त रहने बताए । प्राध्यापक यादवले भने, “इतिहासविद् दासको व्यक्तित्व एवम् कृतित्व सिङ्गो देशकै लागि अनुकरणीय छ, अझ हस्तलिखित कतिपय शोध एवम् अनुसन्धानमूलक कृतिका पाण्डुलिपी समेत रहेकोले त्यसको संरक्षण आवश्यक छ ।”
    कार्यक्रममा राजबिराज नगरपालिकाका उपमेयर साधना झाले हरिकान्तलाल दासको निधनले सप्तरीवासीलाई अतुल्निय क्षति पुगेको बताउदै भनिन्, “इतिहासविद् दासद्वारा लिखित पुस्तक एवम् अनुसन्धानहरु अतुलनीय छन्, उहाँको शरीर नष्ट भए पनि उहाँको कृति जिवन्त रहिरहनेन्छ ।”
    सो अवसरमा उपमेयर साधना झाले ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक क्षेत्रका कुशल अनुसन्धानकर्ताको रुपमा देशमै चिनिएका दासको निधनले मिथिला मधेशमा अपुरणीय क्षति भएको उल्लेख गरिन् । 
    नेपाल पत्रकार महासंघ सप्तरी उपाध्यक्ष श्यामसुन्दर यादबले स्व. दास देशकै इतिहास विषयमा अध्ययन अनुसन्धान गर्नेहरुकालागि प्रेरणाको श्रोत रहेको बताए ।    उनको व्यक्तित्व एवम् कृतिबाट आफु अति प्रभावित भएको बताउँदै उनले भने, ‘दिनाभद्रीको विषयमा अनुसन्धान गर्ने क्रममा मैले धेरै विषय एवम् सामग्रीहरु उहाँबाट मार्गदर्शनको रुपमा पाएको छु, उहाँसँग रहेका पुस्तक, पाण्डुलिपी तथा दस्तावेजहरुको संरक्षणमा सरकारी तवरबाट विशेष पहल हुनुपर्छ ।”
    मैथिल महिला परिषदका अध्यक्ष शान्ति झाको अध्यक्षतामा आयोजित कार्यक्रममा मैथिली साहित्य परिषद पुर्व अध्यक्ष बिवेकान्द झा, देबेन्द्र मिश्र, पत्रकार मनोहर पोखरेल, निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष अजय कुमार झालगायतका वक्ताले इतिहासविद् दासको व्यक्तित्व एवम् कृतित्वबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेट विकास प्रतिष्ठानद्वारा पुस २ देखी अन्तरबिद्यालय क्रिकेट प्रतियोगिता 
क्रिकेट विकास प्रतिष्ठानद्वारा पुस २ देखी अन्तरबिद्यालय क्रिकेट प्रतियोगिता 
एक रनले छिन्नमस्ता विजयी
एक रनले छिन्नमस्ता विजयी
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल  काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल  काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी
संजय साहलाई सञ्चार उद्यमी अरुण सिंघानियाको  हत्याको दोषी ठहर गर्दै जन्मकैदको फैसला
संजय साहलाई सञ्चार उद्यमी अरुण सिंघानियाको  हत्याको दोषी ठहर गर्दै जन्मकैदको फैसला
कृष्णाष्टमीको अवसरमा मन्त्री साहद्वारा दुई कृष्ण मन्दिरको उद्घाटन
कृष्णाष्टमीको अवसरमा मन्त्री साहद्वारा दुई कृष्ण मन्दिरको उद्घाटन
पेस्तोलसहित दुई पक्राउ
पेस्तोलसहित दुई पक्राउ
प्रहरीको विशेष सुरक्षालाई चुनौती  दिदै राजविराजमा श्रृंखलाबद्ध चोरी
प्रहरीको विशेष सुरक्षालाई चुनौती  दिदै राजविराजमा श्रृंखलाबद्ध चोरी
नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव
नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव
वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो
वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो