जागिरको प्रलोभन देखाई आधा दर्जन यूवतीलाई बलात्कार र लुटपाट गर्ने पक्राउ 

राजविराज राजविराज
|
सोमबार, भाद्र १६, २०७६
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ सितापुर बस्ने २९ वर्षीय संतोष कुमार यादव रहेका छन् ।
  • उनलाई इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीले पक्राउ गरि सोमबार सार्वजनिक गरेको हो ।
  •     मोरङ्ग जिल्ला अदालतबाट एक युवतीको बलात्कार तथा लुटपाट घटनामा दोषी ठहर भई सजाय समेत पाएर फरार रहेका यादवलाई गोप्य सूचनाका आधारमा मोरङ्गको बुढीगंगा नगरपालिका ३ स्थित डेराबाट प्रहरीले पक्राउ गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, १६ भदौं । 
    जागिर लगाई दिने प्रलोभन दिँदै आधा दर्जन युवतीहरुको यौन शोषण र उनीहरुबाट लाखौ रुपैया ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ सितापुर बस्ने २९ वर्षीय संतोष कुमार यादव रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीले पक्राउ गरि सोमबार सार्वजनिक गरेको हो ।
    मोरङ्ग जिल्ला अदालतबाट एक युवतीको बलात्कार तथा लुटपाट घटनामा दोषी ठहर भई सजाय समेत पाएर फरार रहेका यादवलाई गोप्य सूचनाका आधारमा मोरङ्गको बुढीगंगा नगरपालिका ३ स्थित डेराबाट प्रहरीले पक्राउ गरेको हो ।
    आधा दर्जन यूवतीको बलात्कार तथा लाखौ रुपैया ठगी गरेको घटनामा संलग्न रहेका यादव समाजिक संजाल इमोमा आफूलाई संजिव खडका भनि चिनाउदै आएको पत्रकार सम्मेलनमा इप्रका कंचनपुरका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।
    इमोमार्फत युवतीहरुको फोन नम्बर पत्ता लगाई उक्त नम्बरमा फोन गरि आफू रोजगारी डटकमको म्यानेजर हुँ भन्दै विभिन्न बैंक र संस्थामा जागिर लगाई दिने प्रलोभन देखाएर घरमै युवतीलाई बोलाई रकम ठगि गरि जबर्जस्तीकरणी गर्ने गरेको अनुसन्धानको क्रममा खुलेकोे डिएसपी मिश्रले बताए । 
    डिएसपी मिश्रका अनुसार तीन जना युवतीलाई एनआइसी एसिया बैंकमा जागिर लगाई दिने भन्दै घरमै बोेलाई नियुक्ति पत्र समेत दिएर जबर्जस्तीकरणी र ठगि तथा लुटपाट गरेको विषयमा पिडितहरुले दिएको प्रमाणको आधारमा पक्राउ गरिएको हो । 
    तीन वर्षदेखि समाजिक संजालमा रोजगारी डटकम माध्यमबाट टाढा–टाढाका महिलालाई जागिरको प्रलोभन देखाई लुटपाट तथा जबर्जस्तीकरणी गर्ने यादवबाट पीडित बन्नेहरुको संख्या अझै थपिदै गएको बताउँदै डिएसपी मिश्रले पक्राउ परेका यादवले जागिरको लोभलालच देखाई आधा दर्जन भन्दा बढी युवतीसँग यौन दुव्र्यवहार र सुनँचाँदीका गरगहना तथा १० लाख भन्दा बढी रकम लुटपाट र ठगी गरेको अनुसन्धानको क्रममा खुलेको बताए । 
    यता पक्राउ परेका यादवका साथबाट ८ थान मोबाइल, खुकुरी १ थान, चक्कु १ थान, विभिन्न बैंकको चेकबुक ४ थान, भिसाकार्ड १ थान, विभिन्न युवतीका नाममा लेखिएको नियुक्ति पत्र ४ थान, आन्तरिक राजश्व विभागको स्टिकर ४ थान, विमा कागजात २ थान, युवतीहरुबाट लुटिएको सुन र चाँदीको गरगहना तथा नगद ३३ हजार रुपैया समेत बरामद गरिएको छ । 
    अदालतबाट म्याद थप गराई उनीमाथि जबर्जस्तीकरणी उद्योग, लुटपाट तथा ठगी लगायतका मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजसेवी एवं शान्तिकामी सिंहको सम्झना
समाजसेवी एवं शान्तिकामी सिंहको सम्झना
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८
सप्तरीमा थप ८ जना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ५६, निको हुनेको संख्या १ सय १८
एमाले निकट मुश्लिम संगठनको  नगर अधिवेशन तयारी सुरु
एमाले निकट मुश्लिम संगठनको  नगर अधिवेशन तयारी सुरु
प्रसाही–थलही जोड्ने सडक तीन  करोड २० लाखको लगानीमा बन्दै
प्रसाही–थलही जोड्ने सडक तीन  करोड २० लाखको लगानीमा बन्दै
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
बर्षाका कारण सप्तरीमा पाँच करोडको ईट्टामा क्षति 
बर्षाका कारण सप्तरीमा पाँच करोडको ईट्टामा क्षति 
मधेशी आयोगकी सदस्य सिंहलाई भारतीय पुरस्कार
मधेशी आयोगकी सदस्य सिंहलाई भारतीय पुरस्कार
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
भगवान रामको प्राण प्रतिष्ठा  कार्यक्रम उत्सवका साथ मनाइयो
भगवान रामको प्राण प्रतिष्ठा  कार्यक्रम उत्सवका साथ मनाइयो
जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी 
जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह