जनतासँग सम्बन्ध अझ प्रगाढ बनाउँदै सेना 

राजविराज राजविराज
|
बुधबार, आश्विन १, २०७६
|
|
९९ पटक हेरिएको
Shares

सारांश

  •     सधै अन्तराष्ट्रिय शान्ति स्थापना, प्राकृतिक सम्पदाको संरक्षण तथा राष्ट्रको विकास निर्माण लगायतका काममा खरिहने सेना केही समय निकालेर जनताबीच सम्बन्ध प्रगाढ गर्न लागि परेको हो ।
  •       यसै सन्दर्भमा मंगलबार राजविराजमा नेपाली सेनाले तराई मधेशका संचारकर्मी तथा नागरिक प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
  •       नेपाली सेना, समारोह श्रव्य दृष्य महाशाखा तथा भिमदलगणको संयुक्त आयोजनामा सम्पन्न अन्तरक्रियाको मुख्य उद्देश्य सेना र आमजनता विचको सम्बन्ध अझ प्रगाढ बनाउनु रहेको प्राविधिक महासेनानी ईश्वर कुमार श्रेष्ठले जनाए ।

दैनिक समाचारदाता
राजविराज, ३१ भदौं । 
    सेना र जनताबीचको सम्बन्ध अझ प्रगाढ बनाउन अहिले नेपाली सेना अघि बढेको छ । 
    सधै अन्तराष्ट्रिय शान्ति स्थापना, प्राकृतिक सम्पदाको संरक्षण तथा राष्ट्रको विकास निर्माण लगायतका काममा खरिहने सेना केही समय निकालेर जनताबीच सम्बन्ध प्रगाढ गर्न लागि परेको हो । 
    यसै सन्दर्भमा मंगलबार राजविराजमा नेपाली सेनाले तराई मधेशका संचारकर्मी तथा नागरिक प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । 
    नेपाली सेना, समारोह श्रव्य दृष्य महाशाखा तथा भिमदलगणको संयुक्त आयोजनामा सम्पन्न अन्तरक्रियाको मुख्य उद्देश्य सेना र आमजनता विचको सम्बन्ध अझ प्रगाढ बनाउनु रहेको प्राविधिक महासेनानी ईश्वर कुमार श्रेष्ठले जनाए । 
    उनले सेनाको बारेमा आउने केही कुराले कहिलेकाही भ्रम सृजना गर्ने गरेकोले सोही भ्रमलाई हटाउन सेना जनतासँग सम्बन्ध प्रगाढ गर्न प्रयास गरेको बताए । उनले सेनामा हालै थालिएको विभिन्न पदको भर्ना कार्यक्रममा कुनै सोर्सफोर्स नचल्ने तथा योग्य र सक्षमले मात्र प्रवेश पाउने प्रतिबद्घता पनि जनाए । 
    यस्तै महासेनानी सोवेन्द्र महतले संचारकर्मी तथा समाजका अगुवाहरुको सहयोग साथ र सु्झाव चाहिएको बताए । विगतमा पनि नेपाली सेना र जनताविचको कसिलो सम्बन्धले नै विपद जोखिमका बेला काम गर्न सहज भएको सुनाउँदै भिमदलगणका प्रमुख सेनानी गुप्त बहादुर कुवरले यो सम्बन्ध अझ उचाईमा पुर्याउन खोजिएको बताए । 
    कार्यक्रममा प्राविधिक प्रमुख सेनानी प्रधुम्न पौडेल, सेनानी रविन अधिकारी, सह सेनानी अनिल यादव लगायतले सेना पूर्ण रुपमा न्यूटल संस्था भएको बताउँदै सेना, समय, परिवेस र जनभावना अनुसार रुपान्तरण हुने बताए । 
    कार्यक्रमका सहभागी संचारकर्मी तथा नागरिक अगुवाहरुले सेनाले थालनी गरेको नागरिकसँगको संवादले तराई मधेशमा साकारात्मक संदेश जाने बताउँदे सेना र नागरिक मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
    कार्यक्रममा नेपाली सेनाले विभिन्न समयमा गरेको साकारात्मक कार्य सम्पादन झल्कने चार वटा वृतचित्र र लघुकथा पनि प्रस्तुत गरिएको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हलुवाई जातीको पेशाको सम्मान, मर्यादालाई  सरकारले सहयोग गर्नुपर्छ ः निधी
हलुवाई जातीको पेशाको सम्मान, मर्यादालाई  सरकारले सहयोग गर्नुपर्छ ः निधी
नवनिर्वाचित पदाधिकारीहरूले लिए पद तथा गोपनियताको शपथ
नवनिर्वाचित पदाधिकारीहरूले लिए पद तथा गोपनियताको शपथ
ठूलो परिमाणको पटाका बरामदपछि नष्ट
ठूलो परिमाणको पटाका बरामदपछि नष्ट
ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम
ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम
सहकारीको मर्म अनुरुप काम नगर्ने सहकारीको दर्ता नै खारेजी हुने ः प्रदेश मन्त्री साह
सहकारीको मर्म अनुरुप काम नगर्ने सहकारीको दर्ता नै खारेजी हुने ः प्रदेश मन्त्री साह
अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने 
अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने 
आसनग्रहण नगराएको भन्दै टेबुल तोडफोड
आसनग्रहण नगराएको भन्दै टेबुल तोडफोड
लागु औषधसहित पक्राउ परेका  युवकलाई १० दिने म्याद थप
लागु औषधसहित पक्राउ परेका  युवकलाई १० दिने म्याद थप
बबिता र मनोजबीचको अन्तरजातिय प्रेम विवाहले लियो नयाँ मोड, जन्मदर्ताका अनुसार बबिताको उमेर १३ वर्ष 
बबिता र मनोजबीचको अन्तरजातिय प्रेम विवाहले लियो नयाँ मोड, जन्मदर्ताका अनुसार बबिताको उमेर १३ वर्ष 
महुली सामुदायिकद्वारा विष्णुपुर  गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
महुली सामुदायिकद्वारा विष्णुपुर  गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण