दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
सप्तरी प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
मंगलबार साँझ जिल्लाको सुरुङ्गा नगरपालिका २ भेडियास्थित कदमाहा–गाईघाट सडकखण्डमा खटिएको प्रहरी टोलीले नियमित सवारी तथा व्यक्तिको चेकजाँचका क्रममा शंकाको आधारमा शरीर खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा सुनसरीको साविक रामधुनी नगरपालिका ५ घर भई हाल सुरुङ्गा नगरपालिका २ रक्सामा बस्दै आएका ३७ वर्षीय अस्मिन कार्कीले लगाएको खरानी रङको कट्टुको भित्र लुकाइछिपाइ राखिएको कालो प्लास्टिकमा चार वटा पोकामा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् ।
बरामद पदार्थ प्लास्टिकसहित ७.५३ ग्राम र प्लास्टिक बाहेक ५.७७ ग्राम रहेको प्रहरीको प्रारम्भिक परीक्षणबाट खुलेको छ । प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।
प्रतिक्रिया
० प्रतिक्रिया