मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, श्रावण ७, २०८३
|
|
१६ पटक हेरिएको
Shares
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर

सारांश

  • सर्लाहीको बागमती नगरपालिका–११ सर्लाहीस्थित बागमती फनपार्क एण्ड रिसोर्ट निर्माण आयोजनामा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता, लागत बढाएर ठेक्का स्वीकृत गर्ने तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पु¥याएको आरोपमा उनीहरूविरूद्ध बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
  • तत्कालीन अर्थमन्त्री, सचिवलाई ३५ करोड बिगो मागदाबी गरिएको छ ।
  • त्यस्तै बागमतीका तत्कालीन नगर प्रमुख थापा, तत्कालीन नगर उपप्रमुख लिला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेललाई ३९ करोड ३९ लाख ६६ हजाक्र ३३३ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
दैनिक समाचारदाता
राजविराज, ७ साउन ।
मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरत कुमार थापासहित ७ जना तथा निर्माण कम्पनी बिकोई÷धुलिखेल जेभी, बानेश्वर, काठमाडौँविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सर्लाहीको बागमती नगरपालिका–११ सर्लाहीस्थित बागमती फनपार्क एण्ड रिसोर्ट निर्माण आयोजनामा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता, लागत बढाएर ठेक्का स्वीकृत गर्ने तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पु¥याएको आरोपमा उनीहरूविरूद्ध बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । तत्कालीन अर्थमन्त्री, सचिवलाई ३५ करोड बिगो मागदाबी गरिएको छ ।
त्यस्तै बागमतीका तत्कालीन नगर प्रमुख थापा, तत्कालीन नगर उपप्रमुख लिला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेललाई ३९ करोड ३९ लाख ६६ हजाक्र ३३३ रुपैयाँ बिगो मागदाबी गरिएको छ । निर्माण कम्पनी बिकोई÷धुलिखेल जेभी र उक्त जेभीका आधिकारीक प्रतिनिधि युवराज पोखरेललाई पनि सोही रकम बराबर बिगो मागदाबी गरिएको छ ।
मधेस सरकारका तत्कालीन उपसचिव उद्धवराज न्यौपानेलाई २० करोड बिगो मागदाबी गरिएको अख्तियारका प्रवक्ता न्यौपानेले बताए ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बागमती नगरपालिका, सर्लाहीले आर्थिक वर्ष २०७८÷०७९ मा बागमती फनपार्क एण्ड रिसोर्ट आयोजनाको दोस्रो चरण निर्माणका लागि नयाँ डीपीआर तयार गरी मूल डीपीआरमा नभएका संरचना समावेश गर्दै लागत अनुमान बढाएको, प्रतिस्पर्धा सीमित हुने गरी जटिल मूल्याङ्कनका आधार तयार गरेको तथा सीमित निर्माण व्यवसायीलाई फाइदा पुग्ने गरी ठेक्का प्रक्रिया अघि बढाएको आरोप छ ।
अनुसन्धानबाट पहिलो चरणको डीपीआरको पुनरावलोकन नगरी दोस्रो चरणको डीपीआर तयार गरिएको, आयोजनाको आवश्यकता, जोखिम विश्लेषण तथा आर्थिक सम्भाव्यताको पर्याप्त अध्ययनबिना थप संरचना समावेश गरिएको र यसबाट राज्यलाई ठुलो आर्थिक क्षति पुगेको आयोगले जनाएको छ ।
साथै, सार्वजनिक खरिद ऐन विपरीत मूल्याङ्कनका आधार स्वीकृत गरी निर्माण कम्पनीसँग मिलेमतोमा ठेक्का सम्झौता गरिएको आरोप पनि लगाइएको छ ।
अख्तियारका अनुसार बिकोई÷धुलिखेल जेभीका आधिकारिक प्रतिनिधिले समेत मूल्याङ्कनका क्रममा झुटा तथा किर्ते कागजात पेस गरी ठेक्का प्राप्त गरेको अनुसन्धानबाट खुलेको रातोपाटीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत सर्ट भई आगलागीहुँदा पचास लाख मुल्य बराबरको क्षति 
विद्युत सर्ट भई आगलागीहुँदा पचास लाख मुल्य बराबरको क्षति 
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
नक्कली भिसा देखाएर बैदेशिक रोजगारको नाममा १८ लाख ठगि 
नक्कली भिसा देखाएर बैदेशिक रोजगारको नाममा १८ लाख ठगि 
तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
वेवारिसे फेला परेको बाछोको राजविराज  नगरपालिकाले ग¥यो उपचार
वेवारिसे फेला परेको बाछोको राजविराज  नगरपालिकाले ग¥यो उपचार
बलान बिहुलको विशेष गाउँसभा बिरुद्धमा  उभिए उपाध्यक्षसहित चार वडाअध्यक्ष
बलान बिहुलको विशेष गाउँसभा बिरुद्धमा  उभिए उपाध्यक्षसहित चार वडाअध्यक्ष
पर्याप्त शिक्षक र बजेट अभावले पठन पाठनमा समस्या
पर्याप्त शिक्षक र बजेट अभावले पठन पाठनमा समस्या
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
अदालतमा रहेका विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न हुन्न् ः काँग्रेस उपसभापति निधि
अदालतमा रहेका विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न हुन्न् ः काँग्रेस उपसभापति निधि
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति