एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, श्रावण १७, २०८३
|
|
२७ पटक हेरिएको
Shares
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

सारांश

  • कफर्यु खुकुलो पारिएको बेला बिहान ९ बजे एक दर्जन बढी संघसंस्था आबद्व रहेको शान्ति र लोकतन्त्रका लागि पेशागत संजाल (पापड) सप्तरीले स्थानिय शिवमन्दिरबाट बृहत् सद्भाव ¥याली निकालेका छ भने बिहान १० बजे हिन्दु सनातनी समाज सप्तरीले राममन्दिरबाट शोक ¥याली निकालेका छन् ।
  • सुनसरी र सिरहामा भएको हिंसात्मक घटनापछि फैलिएको तनावलाई लिएर सप्तरी प्रशासनले बिगत तीन दिनदेखि नगर क्षेत्रमा कर्फयु आदेश जारी गर्दै आएको थियो ।
  • आईतवार बिहान ११ बजेसम्म उपभोक्तालाई किनमेलका लागि सहज होस, भन्ने मनसायले कर्फयु खुकुलो बनाईएको समयमा ¥याली आयोजक दुवै पक्षले स्थानिय प्रशासनबाट अनुमति लिई कडा सुरक्षा बिच ¥याली निकालेको प्रहरी प्रशासनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
सप्तरी सदरमुकाम राजबिराजमा आईतवार बिहान एक घण्टाको फरकमा दुई पक्षद्वारा ¥याली निकालिएको छ ।
कफर्यु खुकुलो पारिएको बेला बिहान ९ बजे एक दर्जन बढी संघसंस्था आबद्व रहेको शान्ति र लोकतन्त्रका लागि पेशागत संजाल (पापड) सप्तरीले स्थानिय शिवमन्दिरबाट बृहत् सद्भाव ¥याली निकालेका छ भने बिहान १० बजे हिन्दु सनातनी समाज सप्तरीले राममन्दिरबाट शोक ¥याली निकालेका छन् ।
सुनसरी र सिरहामा भएको हिंसात्मक घटनापछि फैलिएको तनावलाई लिएर सप्तरी प्रशासनले बिगत तीन दिनदेखि नगर क्षेत्रमा कर्फयु आदेश जारी गर्दै आएको थियो ।
आईतवार बिहान ११ बजेसम्म उपभोक्तालाई किनमेलका लागि सहज होस, भन्ने मनसायले कर्फयु खुकुलो बनाईएको समयमा ¥याली आयोजक दुवै पक्षले स्थानिय प्रशासनबाट अनुमति लिई कडा सुरक्षा बिच ¥याली निकालेको प्रहरी प्रशासनको भनाई छ ।
बृहत् सद्भाव ¥यालीमा प्रतिनिधिसभा सदस्य डा अंकिता ठाकुर, जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साह, राजबिराज नगरपालिकाका कावा नगरप्रमुख ईसरत परविनका साथै हिन्दु–मुस्लिम समुदायका अगुवा, राजनीतिक दल, विभिन्न सँघसंस्थाका प्रतिनिधि, कानुन ब्यबसायी, अधिकारकर्मी, संचारकर्मी तथा नागरिक समाजको उल्लेख्य सहभागिता थियो ।
सद्भाव रयाली नगरपरिक्रममा गरिरहदाँ सडक किनारमा उभिएका सर्वसधारणले ताली बजाएर स्वागत गरेका थिए ।
उक्त ¥याली सके लगतै हिन्दुवादी संगठन हिन्दु सनातनी समाज सप्तरीको अगुवाईमा शोक ¥याली निकालिएको थियो ।
सुनसरी र सिरहामा ज्यान गुमाएका तीन जनाको चित्र अंकित ब्यानर राखेर निकालिएको ¥यालीका सहभागीहरूले नगरपरिक्रमाको क्रममा घटनाको दोषीलाई कार्यवाही गर, हिन्दु राष्ट्र कायम गर, मुस्लिम आयोग खारेज गर लगायतका नारावाजी गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागुऔषधसहित तीन पक्राउ
लागुऔषधसहित तीन पक्राउ
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
सबल नेपालद्वारा बाढी प्रभावित समुदायलाई हाईजिन किटसहित विभिन्न सहयोग प्रदान गरिदै
सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
बौद्धिक अपाङगता भएका लागि बजेट  बिनियोजन गर्न तीनै तहलाई आग्रह
बौद्धिक अपाङगता भएका लागि बजेट  बिनियोजन गर्न तीनै तहलाई आग्रह
सप्तरीमा दिनानुदिन आत्महत्याका घटना बढ्दै, दुई महिनामा १८ जनाले गरे आत्महत्या
सप्तरीमा दिनानुदिन आत्महत्याका घटना बढ्दै, दुई महिनामा १८ जनाले गरे आत्महत्या
नागरिकता बनाइदिन भन्दा पतिद्वारा पत्नीमाथि खुकुरी प्रहार, अवस्था गम्भिर
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए
झोला काटेर रकम लुटिएपछि बृद्धाको बिचल्ली 
झोला काटेर रकम लुटिएपछि बृद्धाको बिचल्ली 
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
राजविराज उच्च अदालत बार एशोसिएशनमा लोकतान्त्रिक समूहको वर्चश्व

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा