लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, आश्विन ६, २०८३
|
|
१४ पटक हेरिएको
Shares
लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

सारांश

  • लोककल्याणकारी विज्ञापन वापतको मासिक रकममा भारी कटौती गरेको बिरोधमा मंगलबार जिल्ला हुलाक कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएको छ ।
  • महासंघका अध्यक्ष श्रवणकुमार देवको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले सरकारको उक्त नीति बिरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलित रहेको स्मरण गराउँदै महासंघ आन्दोलित रहेको समयमा माग सम्बोधन नभएसम्मका लागि लोककल्याणकारी विज्ञापनबापतको बिल नबुभ्mन आग्रह गरिएको छ ।
  • महासंघले सरकारद्वारा ल्याइएको कार्यविधि खारेजीको माग गर्दै आएको अवस्थामा समेत विज्ञापन बोर्डले महासंघको आग्रहलाई बेवास्ता गर्दै लोककल्याणकारी विज्ञापन वापतको बिल बुझ्ने कार्य अघि बढाइरहेको भन्दै हाललाई पत्रपत्रिका नबुझ्न ज्ञापनपत्र मार्फत आग्रह गरिएको हो ।
दैनिक समाचारदाता
राजविराज, ६ असोज । 
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले लोककल्याणकारी विज्ञापनबिरुद्ध सरकारले ल्याएको कार्यविधी खारेजीको माग गरेको छ ।
लोककल्याणकारी विज्ञापन वापतको मासिक रकममा भारी कटौती गरेको बिरोधमा मंगलबार जिल्ला हुलाक कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएको छ ।
महासंघका अध्यक्ष श्रवणकुमार देवको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले सरकारको उक्त नीति बिरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलित रहेको स्मरण गराउँदै महासंघ आन्दोलित रहेको समयमा माग सम्बोधन नभएसम्मका लागि लोककल्याणकारी विज्ञापनबापतको बिल नबुभ्mन आग्रह गरिएको छ ।
महासंघले सरकारद्वारा ल्याइएको कार्यविधि खारेजीको माग गर्दै आएको अवस्थामा समेत विज्ञापन बोर्डले महासंघको आग्रहलाई बेवास्ता गर्दै लोककल्याणकारी विज्ञापन वापतको बिल बुझ्ने कार्य अघि बढाइरहेको भन्दै हाललाई पत्रपत्रिका नबुझ्न ज्ञापनपत्र मार्फत आग्रह गरिएको हो ।
आर्थिक वर्ष २०८३÷०८४ का लागि प्रस्तुत बजेट संघीय संसदबाट पारित भई कार्यान्वयनमा आइसकेको अवस्थामा बजेटमा व्यवस्था गरिएको रकमसँग बाझिने गरी सरकारले कार्यविधि ल्याएको उल्लेख गर्दै ज्ञापनपत्रमा यसले सञ्चार माध्यमप्रति सरकारको दृष्टि अनुदार रहेको उल्लेख छ ।
संशोधित कार्यविधि खारेज गरी वजेटमा व्यवस्था भएअनुसार लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध गराउने वातावरण निर्माण गर्न तथा हालको अवस्थामा सम्बन्धित बिल नबुझ्न अनुरोध गर्दै ज्ञापनपत्रमा महासंघको माग सम्बोधन नभएमा घोषित कार्यक्रम अनुसार थप आन्दोलन गर्न बाध्य हुने जानकारी गराइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी