अठार फरार अभियुक्त पक्राउ

राजविराज राजविराज
|
आइतबार, कार्तिक ३, २०७६
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •     प्रहरीले विभिन्न अपराधिक गतिविधिमा संलग्न भई फरार रहेका डेढ दर्जन बढी अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।
  •       प्रहरीले लागुऔषध, जालसाजी, चोरी, डकैती, सार्वजनिक अपराध, बलात्कार, हत्या र कुटपिट लगायतका अभियोगमा अदालतबाट सावित भएपनि सजाय भुक्तान नगरी बर्षौदेखी फरार सूचिमा रहेका १४ जनालाई पक्राउ गरेको छ ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईका अनुसार विभिन्न अपराधिक घटनामा संलग्न भई अनुसन्धानको क्रममा फरार रहेका ती १८ जनालाई तीन महिना यता पक्राउ गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक । 
    सप्तरी प्रहरीले जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न सुरक्षाको विभिन्न रणनीतिक योजना लागु गरेर अहिले धमाधम अपराधिक गतिविधीमा संलग्न फरार अभियुक्तहरुलाई पक्राउ गरिरहेको छ । 
    प्रहरीले विभिन्न अपराधिक गतिविधिमा संलग्न भई फरार रहेका डेढ दर्जन बढी अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । 
    प्रहरीले लागुऔषध, जालसाजी, चोरी, डकैती, सार्वजनिक अपराध, बलात्कार, हत्या र कुटपिट लगायतका अभियोगमा अदालतबाट सावित भएपनि सजाय भुक्तान नगरी बर्षौदेखी फरार सूचिमा रहेका १४ जनालाई पक्राउ गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईका अनुसार विभिन्न अपराधिक घटनामा संलग्न भई अनुसन्धानको क्रममा फरार रहेका ती १८ जनालाई तीन महिना यता पक्राउ गरिएको हो । 
    उनका अनुसार पक्राउ पर्नेहरुमा अदालतबाट दोषी करार भई फरार रहेका ४ जना तथा विभिन्न अपराधिक घटनामा संलग्न भई अनुसन्धानको क्रममा फरार रहेका १४ जना छन् । जसमध्ये ज्यान मार्ने उद्योगका ५, ठगीका एक, जबरदस्ती करणीका ४, कर्तव्य ज्यानका २, सवारी अंगभंगका १, सवारी ज्यानका १, अपहरण तथा शरीर बन्धकका १, चोरीका २ र एक जना बोक्सीको आरोपमा कुटपिटका अभियुक्तहरु रहेका छन् । 
    पछिल्लो पटक आईतबार प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका ३ का ४६ बर्षिय महेन्द्र सदा र २५ बर्षिय अनिल सदालाई पक्राउ गर्न सफल भएको छ ।  यस अघि शुक्रबार प्रहरीले २०७६ अषाढ ७ गते भएको सवारी दुर्घटनाका फरार अभियुक्त उदयपुरको त्रियुगा नगरपालिका १२ निवासी भागवत मलहालाई पक्राउ गरेको थियो । 
    यस्तै प्रहरीले ज्यान मार्ने उद्योगका फरार अभियुक्तद्वय महादेवा गाउँपालिका १ बस्ने २० बर्षिय अताहुसेन मियाँ र राजगढ गाउँपालिका १ बस्ने ५५ बर्षिय बिन्देश्वर मण्डललाई पनि पक्राउ गरेका थियो । ज्यान मार्ने उद्योगमैै दोषी करार भई फरार रहेका हनुमाननगर कंकालिनी नगरपालिका ७ का ५५ बर्षिय मुगालाल महतो, ३० बर्षिय धनश्याम महतो र २२ बर्षिय श्याम महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ । 
    प्रहरी उपरिक्षक प्रसाईले सप्तरी प्रहरीले अदालतको फैसला कार्यान्वयन गराउन र फरार प्रतिवादीलाई पक्राउ गर्न अभियान सँगसँगै सिमाक्षेत्रबाट हुने चोरी तस्करी रोक्न पनि सुरक्षा निगरानी कडा पारिएको जानकारी दिए । 
    कार्यगत लक्ष्य लिएर फिल्डमा खटिएको प्रहरीले सफलता हासिल गरेको भन्दै उनले अहिले फरार सूचिमा रहेका अभियुक्तहरुलाई कानूनी दायरामा ल्याउन अभियान नै चलाएको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ह्यापिल्याण्डद्वारा दलित विद्यालयका छात्रछात्रालाई शैक्षिक सामाग्रि बितरण
बैदेशिक रोजगारमा हुने ठगी  नियन्त्रणका लागि अभियान चलाइने
बैदेशिक रोजगारमा हुने ठगी  नियन्त्रणका लागि अभियान चलाइने
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु 
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु 
कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि नेपालमा सजकता अपनाउन आग्रह
कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि नेपालमा सजकता अपनाउन आग्रह
अखाद्य बस्तुको प्रयोगले वर्षेनी ६० करोड उपभोक्ताले ज्यान गुमाउँदै
अखाद्य बस्तुको प्रयोगले वर्षेनी ६० करोड उपभोक्ताले ज्यान गुमाउँदै
आगलागिमा ६ लाख मुल्य बराबरको क्षति
आगलागिमा ६ लाख मुल्य बराबरको क्षति
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
अत्याधिक गर्मीका कारण विद्यालय बन्द तापक्रम घटेपछि व्रतालु महिला उत्साहित
जग्गा विवादमा घाइते भएका बुवालाई न्याय दिलाउन छोराको आग्रह
जग्गा विवादमा घाइते भएका बुवालाई न्याय दिलाउन छोराको आग्रह
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
कार्यकारी अधिकृत झाको सरुवा बदर गर्न माँग
कार्यकारी अधिकृत झाको सरुवा बदर गर्न माँग