सप्तरीबाट हराइरहेका एक बालक र दुई बालिकाको नयाँ दिल्लीबाट उद्धार 

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आश्विन १९, २०८३
|
|
६१ पटक हेरिएको
Shares
सप्तरीबाट हराइरहेका एक बालक र दुई बालिकाको नयाँ दिल्लीबाट उद्धार 

सारांश

  • सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ६ बाट ऋषिदेव सदाका १६ वर्षिय छोरा शिवकुमार सदालाई खोजी गरी प्रहरीले परिवारजनको जिम्मा लगाएको हो भने जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ८ जोगिनियाँबाट हराएकी दुई बालिकालाई प्रहरीले खोजी गरी अभिभावकको जिम्मा लगाएको छ ।
  • अग्निसाइर कृष्णासवरणका सदा १० वर्षअघि आफ्नै घरबाट सम्पर्कविहीन भएका थिए ।
  • खोजतलासका क्रममा भारतको नयाँ दिल्लीमा रहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले त्यहाँ स्थित ‘किङ इन्डिया’ संस्थासँग समन्वय गरी शिवकुमारको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् ।
दैनिक समाचारदाता
राजविराज, १९ असोज । 
दश वर्षदेखी हराइरहेका एक बालक तथा डेढ महिना अघि हराएकी दुई बालिकालाई खोजी गरी सप्तरी प्रहरीले अभिभावकको जिम्मा लगाएको छ ।
  • सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका ६ बाट ऋषिदेव सदाका १६ वर्षिय छोरा शिवकुमार सदालाई खोजी गरी प्रहरीले परिवारजनको जिम्मा लगाएको हो भने जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ८ जोगिनियाँबाट हराएकी दुई बालिकालाई प्रहरीले खोजी गरी अभिभावकको जिम्मा लगाएको छ ।
  • अग्निसाइर कृष्णासवरणका सदा १० वर्षअघि आफ्नै घरबाट सम्पर्कविहीन भएका थिए । खोजतलासका क्रममा भारतको नयाँ दिल्लीमा रहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले त्यहाँ स्थित ‘किङ इन्डिया’ संस्थासँग समन्वय गरी शिवकुमारको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् ।
संस्थाका निर्देशक नवीन जोशीले प्रहरी नायब उपरीक्षक घिमिरेसँग समन्वय गरी शिवकुमारलाई नेपाल ल्याई प्रहरी कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।
आईतबार साँझ अग्नीसाइर कृष्णसवरण गाउँपालिका ६ का जनप्रतिनिधिको रोहवरमा शिवकुमारका अभिभावकलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
यस्तै हनुमाननगर कंकालिनी नगरपालिका जोगिनियाँ टोल निवासी १६ वर्षीया अनिसा कुमारी यादव र सोही स्थानका १६ वर्षीया बबिता कुमारी गोठिया हराएको भन्दै परिवारजनले भदौ ११ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोजतलासका लागि निवेदन दिएका थिए ।
खोजतलास गर्ने क्रममा दुवै बालिका भारतको नयाँ दिल्लीमा रहेको जानकारी प्राप्त भएपछि नयाँ दिल्लीस्थित ‘किङ इन्डिया’ संस्थासँग आवश्यक समन्वय गरी बालिकाहररुको उद्धार गरी आईतबार अभिभावकको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना बिरुद्धको खोप लगाएर मदिरा सेवन गर्दा ज्यान गयो
कोरोना बिरुद्धको खोप लगाएर मदिरा सेवन गर्दा ज्यान गयो
करेन्ट लागेर एक बालकको ज्यान गयो
करेन्ट लागेर एक बालकको ज्यान गयो
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
एसइइ स्थगित, चैत मसान्तसम्म  विद्यालय कलेज पनि बन्द
एसइइ स्थगित, चैत मसान्तसम्म  विद्यालय कलेज पनि बन्द
होली महोत्सवको आयोजना, एक दर्जन भन्दा बढी सम्मानित
होली महोत्सवको आयोजना, एक दर्जन भन्दा बढी सम्मानित
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
प्रहरीद्वारा ठूलो परिमाणमा मदिरा नष्ट
प्रहरीद्वारा ठूलो परिमाणमा मदिरा नष्ट
नौं दिनदेखी बालक सम्पर्कविहीन 
नौं दिनदेखी बालक सम्पर्कविहीन 
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
आगो लगाएर फरार रहेका यादव दम्पत्ति पक्राउ
आगो लगाएर फरार रहेका यादव दम्पत्ति पक्राउ

छुटाउनुभयो कि ?