तीन सदा परिवारका मुख्य व्यक्ति वेपत्ता भएपछी झुपडीमा छैन दशैको रौनक

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, आश्विन २८, २०८३
|
|
१८ पटक हेरिएको
Shares
तीन सदा परिवारका मुख्य व्यक्ति वेपत्ता भएपछी झुपडीमा छैन दशैको रौनक

सारांश

  • परिवारको गुजारा चलाउने एक मात्र सहारा बाढीमा वेपत्ता भएपछि चिन्ता र आर्थिक अभावले छटपटाईरहेका १३ वर्षिय शुभाष र ७ वर्षिया निभा अभिभावकबिहीन भएका छन् ।
  • शुभाष र निमा दाजु बहिनीको दशै विगत दुई वर्षदेखी यस्तै दशाको रुपमा आउने गरेको छ ।
  • गत वर्ष दशै आउन करिब एक महिना आउन बाँकि रहदा भदौ १७ गते ३० वर्षिया आमा फुुलिया देवी सदाको क्यान्सर रोगबाट मृत्यु भएको थियो ।
दैनिक समाचारदाता
राजविराज, २८ असोज । 
सप्तरी सदरमुकाम राजविराज वडा नं. १६ बोरिया टोलस्थित तीन सदा परिवारका घरको मुख्य व्यक्ति नै बाढीमा वेपत्ता भएपछी अहिले उनीहरु निकै कष्टपूर्ण जिवन बिताउन बाध्य छन् ।
परिवारको गुजारा चलाउने एक मात्र सहारा बाढीमा वेपत्ता भएपछि चिन्ता र आर्थिक अभावले छटपटाईरहेका १३ वर्षिय शुभाष र ७ वर्षिया निभा अभिभावकबिहीन भएका छन् । शुभाष र निमा दाजु बहिनीको दशै विगत दुई वर्षदेखी यस्तै दशाको रुपमा आउने गरेको छ ।
गत वर्ष दशै आउन करिब एक महिना आउन बाँकि रहदा भदौ १७ गते ३० वर्षिया आमा फुुलिया देवी सदाको क्यान्सर रोगबाट मृत्यु भएको थियो । जसकारण दशै काजकिरिया र शोक मै वित्यो ।
संयोगवश यस पटक पनि रसुवामा आएको बाढीका कारण गत भदौं १० गते देखी उनका वुबा वेचन समेत वेपत्ता छन । वेपत्ता भएको बुधवार ४८ दिन पुगी सकेको छ । तर अझै बेचनको कुनै पत्तो लाग्न सकेको छैन ।
दुई कोठे झुपडीको घरमा वसिरहेका दाजु बहिनीसँग न त खान अन्न छ, न त किनेर खाने पैसा । आमा वुबा दुबैको छायाँ गुमेका वेला पैसा समेत नभएकाले दशै आएपनि खुशियाली नआएको दाजु÷बहिनीले सुनाए । उनीहरुले अहिले साधारण खाना खान पनि घरमा अन्न र पैसा नभएको लाचारी सुनाए ।
शुभाष–निभा दाजु÷बहिनी मात्र होइन, उनका छिमेकी ३१ वर्षिया दोरोपतीको अवस्था पनि उस्तै छ । अर्काको जग्गामा मासिक १ हजार भाडामा लिई झुपडी बनाएर वसिरहेकी उनी संग न त अन्न छ, न त किनेर खाने पैसा ।
नाबालक २ छोरी र १ छोराकी आमा दोरोपतीका श्रीमान सुरेन्द्र सदा पनि रसुवाकै भोटेकोशीमा आएका बाढी पछी गत भदौ १० गते देखी वेपत्ता छन ।
परिवार चलाउने एकमात्र सहारा नै सम्पर्कविहीन भएपछी वसेको जग्गाको भाडा तिर्न समस्या मात्र होइन, खाने अन्नको एक दानाको जोगाड गर्न पनि समस्या भएको छ ।
उनका छिमेकी गुडिया देवी सदाको पीडा पनि कम छैन । उनका श्रीमान शिव कुमार पनि नुवाकोटको किस्यांग गाउँपालिका ५ स्थित त्रिशुली थ्री वि जलविद्युत आयोजनामा कामदारका रुपमा कार्यरत थिए । भदौ १० गतेको बाढीले उनका श्रीमानलाई पनि वेपत्ता बनाएको छ ।
श्रीमान वेपत्ता भएपछि कहिले छरछिमेकी, कहिले जनप्रतिनिधी त कहिले सर्वसाधारणसँग मागेर भएपनि ४ नाबालक सन्तानको पेट पाल्दै आएको गुडियाले सुनाईन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला प्रहरीमा हातधुने स्टेशन जडान  स्वास्थ, चौकीमा साबुन पानीले हात धुवाइयो 
जिल्ला प्रहरीमा हातधुने स्टेशन जडान  स्वास्थ, चौकीमा साबुन पानीले हात धुवाइयो 
सखुवामा भलिबल प्रतियोगिता  शुरु, पहिलो खेलमा सिरहा बिजयी
सखुवामा भलिबल प्रतियोगिता  शुरु, पहिलो खेलमा सिरहा बिजयी
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु
माग पुरा गराउन हरवाचरवाहरु  पैदलै जनकपुर पुग्दै
माग पुरा गराउन हरवाचरवाहरु  पैदलै जनकपुर पुग्दै
जेठानीको कुटाईबाट देवरानीको  पाँच महिने गर्भ तुहियो
जेठानीको कुटाईबाट देवरानीको  पाँच महिने गर्भ तुहियो
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
मविव क्याम्पस राजविराजको प्रमुखमा डा. कर्ण नियुक्त
मविव क्याम्पस राजविराजको प्रमुखमा डा. कर्ण नियुक्त
बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएपछि बिच्चलीमा नवालिका 
सुरुङ्गाको पाँच वडा बालबिवाह मुक्त घोषणा
सुरुङ्गाको पाँच वडा बालबिवाह मुक्त घोषणा