बदगामामा आगलागि हुँदा १३ घर जलेर नष्ट

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आश्विन २९, २०८३
|
|
९ पटक हेरिएको
Shares
बदगामामा आगलागि हुँदा १३ घर जलेर नष्ट

सारांश

  • आगलागीबाट भस्स्थानीय पाचु पासवानको ३ वटा घर, दिनेश पासवानको १ वटा, मञ्जु पासवानको ३ वटा, राजकुमार पासवानको १ वटा, गजेन्द्र पासवानको १ वटा, पवन पासवानको १ वटा, खिखरी पासवानको १ वटा, लल्लु पासवानको १ वटा र महेन्द्र पासवानको १ वटा घर जलेर नष्ट भएका छन् ।
  • आगलागीबाट घरमा रहेका खाद्यान्न, नगद रुपैयाँलगायतका सामग्री जलेर नष्ट भएको छ ।
  • आगलागीमा राजकुमार पासवानको घरमा राखिएको ४० हजार रुपैयाँ र गजेन्द्र पासवानको घरमा रहेको २५ हजार रुपैयाँसमेत जलेर नष्ट भएको पीडितहरुले जानकारी दिएका छन् ।
दैनिक समाचारदाता
राजविराज, २९ असोज ।
सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामामा बुधबार राति भएको आगलागीमा ९ परिवारका १३ वटा घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट भस्स्थानीय पाचु पासवानको ३ वटा घर, दिनेश पासवानको १ वटा, मञ्जु पासवानको ३ वटा, राजकुमार पासवानको १ वटा, गजेन्द्र पासवानको १ वटा, पवन पासवानको १ वटा, खिखरी पासवानको १ वटा, लल्लु पासवानको १ वटा र महेन्द्र पासवानको १ वटा घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट घरमा रहेका खाद्यान्न, नगद रुपैयाँलगायतका सामग्री जलेर नष्ट भएको छ । आगलागीमा राजकुमार पासवानको घरमा राखिएको ४० हजार रुपैयाँ र गजेन्द्र पासवानको घरमा रहेको २५ हजार रुपैयाँसमेत जलेर नष्ट भएको पीडितहरुले जानकारी दिएका छन् ।
राजविराज, हनुमाननगर कंकालिनी, रुपनी र कञ्चनरुपलगायतका स्थानबाट पुगेका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण खुल्न नसकेको तथा क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको निर्देशनमा आगलागी प्रभावित परिवारलाई बिहीबार राहत प्रदान गरिएको छ ।
आगलागीबाट प्रभावित प्रति परिवारलाई एक बोरा चामल, एक कार्टुन चाउचाउ, दुई वटा साडी, २ वटा कम्बल, २ दर्जन बिस्कुट, एक बोरा भुजा, २ किलो नुन, २ कार्टुन पानी लगायतका राहतका सामाग्रिहरु बितरण गरिएको हो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत र नेपालका प्रमले दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाईनको उद्घाटन गर्ने
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
उमावि शिक्षाका लागि भवन निर्माण हुँदै
उमावि शिक्षाका लागि भवन निर्माण हुँदै
अस्पतालमा कोरोनाबाट बचाउन छैन सुरक्षाको व्यवस्था
अस्पतालमा कोरोनाबाट बचाउन छैन सुरक्षाको व्यवस्था
भारत सरकारको सहयोगमा सुरुङ्गामा  सुविधा सम्पन्न विद्यालय निर्माण
भारत सरकारको सहयोगमा सुरुङ्गामा  सुविधा सम्पन्न विद्यालय निर्माण
आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै,  एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर
आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै,  एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
महादेवामा थप एक मतदान केन्द्रको माग 
महादेवामा थप एक मतदान केन्द्रको माग 
पूर्व युवराज पारसलाई सप्तरीमा स्वागत र अभिनन्दन
पूर्व युवराज पारसलाई सप्तरीमा स्वागत र अभिनन्दन
कोशी पीडितद्वारा मुआब्जा र क्षतिपूर्तीका  लागि भारतीय पक्षलाई ध्यानाकर्षण 
कोशी पीडितद्वारा मुआब्जा र क्षतिपूर्तीका  लागि भारतीय पक्षलाई ध्यानाकर्षण