‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, कार्तिक १८, २०८३
|
|
२९ पटक हेरिएको
Shares
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्

सारांश

  • लालपुर्जा प्राप्तिका लागि नगरवासीद्वारा गठित संयुक्त जनआन्दोलन परिचालन संघर्ष समितिको मंगलवार बसेको वृहत बैठकले यसबारे भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको ध्यानाकर्षण गराउने र अबिलम्ब प्रक्रिया सुरु नगरिए पुनः आन्दोलन चर्काउने निर्णय गरेका छन् ।
  • सरकारी आश्वासन पछि लालपूर्जा बितरणको समान्य प्रक्रिया समेत सूचारु नभएपछी उनीहरु आन्दोलन गर्ने निष्कर्षमा पुगेको पीडितहरुले जनाएका छन् ।
  • समितिका संयोजक खेलानन्द दासले सरकारका मन्त्रिहरुले दशैं अगाबै लालपुर्जा वितरण प्रक्रिया सुरु गर्ने आश्वासन र प्रतिबद्धता जाहेर गरे पनि स्थानीय कर्मचारीको लापरवाही र वेवास्ताका सूचारु हुन नसकेको गुनासो गरे ।
दैनिक समाचारदाता
राजविराज, १७ कात्तिक । 
लालपूर्जा पाउन राजविराज नगरवासीले फेरी आन्दोलन गर्ने निष्कर्षमा पुगेका छन् । सरकारले विटौरी जग्गाधनीहरुका लागि लालपूर्जा बितरण गर्ने निर्णय गरे पनि विभिन्न वाहानामा लालपुर्जा वितरण गर्न ढिलाई तथा वितरणको प्रारम्भिक प्रक्रिया समेत सुचारु हुन नसक्दा नगरवासी आन्दोलन गर्ने निष्कर्षमा पुगेका हुन् ।
लालपुर्जा प्राप्तिका लागि नगरवासीद्वारा गठित संयुक्त जनआन्दोलन परिचालन संघर्ष समितिको मंगलवार बसेको वृहत बैठकले यसबारे भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको ध्यानाकर्षण गराउने र अबिलम्ब प्रक्रिया सुरु नगरिए पुनः आन्दोलन चर्काउने निर्णय गरेका छन् ।
सरकारी आश्वासन पछि लालपूर्जा बितरणको समान्य प्रक्रिया समेत सूचारु नभएपछी उनीहरु आन्दोलन गर्ने निष्कर्षमा पुगेको पीडितहरुले जनाएका छन् ।
समितिका संयोजक खेलानन्द दासले सरकारका मन्त्रिहरुले दशैं अगाबै लालपुर्जा वितरण प्रक्रिया सुरु गर्ने आश्वासन र प्रतिबद्धता जाहेर गरे पनि स्थानीय कर्मचारीको लापरवाही र वेवास्ताका सूचारु हुन नसकेको गुनासो गरे ।
लालपुर्जा वितरणका लागि गठित समितिबाट हालसम्म एउटा सूचना निकाल्ने काम समेत नभएको भन्दै संयोजक दासले भने, “यस्तो ढिलासुस्तीले हामीलाई पुनः आन्दोलनको बाटो रोज्न बाध्य बनाइदै छ ।”
सरकारले भूमि सम्बन्धि समस्या समाधान तथा विटौरी जग्गाधनीलाई जग्गाधनी प्रमाण पत्र उपलब्ध गराउनका लागि बिटौरी जग्गा दर्ता सम्बन्धि गठन आदेश २०८३ मन्त्रि परिषद बैठकबाट स्वीकृत गर्नुका साथै अध्यादेश मार्फत नितिगत सुधार गरिसक्दा पनि जिल्लामा यस बारे कुनै प्रक्रिया सुरु नगर्नु सरकारको नीति तथा कार्यक्रम असफल बनाउने प्रयास कर्मचारीहरुबाटै हुन थालेको संयोजक दासको भनाई छ ।
जिल्ला भूमि समस्या समाधान समिति एवम् भूमि प्रशासन कार्यालय सप्तरीका प्रमुख रोहित भट्टराईको अध्यक्षतामा नापी कार्यालय, राजविराज नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सदस्य रहने गरी गठन भएको समितिले अहिलेसम्म जग्गा बारे सूचना प्रकाशन गर्ने काम समेत गरेको छैन ।
यस्तै मंगलवार मात्र बसेको समितिको पहिलो बैठकले पनि सूचना निकाल्ने कुनै निर्णय गरेन । समितिका अध्यक्ष भट्टराईले जनशक्ति र सवारी साधनको अभाव भएको, जग्गा वितरण प्रक्रिया शुरु गर्न आवश्यक कार्यविधि प्राप्त नभएको कारणले सूचना प्रकाशन गर्न ढिलाई भएको लाचारी व्यक्त गरे । उनले यस सम्बन्धमा मन्त्रालय पुगेर आवश्यक जानकारी लिएपछि मात्र सूचनाको प्रक्रिया अघि बढाउने जनाए ।
समितिमा रहेका सरकारी कर्मचारीको लापरवाही र ढिलासुस्तीले सरकारको नीति तथा कार्यक्रम असफल हुन लागेको संघर्ष समितिका सदस्य घनश्याम दासले बताए ।
गत असोज २६ गते युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले राजविराज नगर क्षेत्रका बिटौरी जग्गा बाहकहरुलाई दशै अगावै लालपुर्जा वितरणका लागी आवश्यक प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए ।
लालपुर्जा विहिन नगरवासीलाई लालपुर्जा दिने मनसायले जग्गा दर्ता सम्बन्धि गठन आदेश २०८३ मन्त्री परिषदको बैठकबाट समेत स्विकृत भइसकेको अवस्थामा कुनै ढिलाई नगरी उक्त निर्णय छिटो छरितो ढंगले कार्यान्वयनमा ल्याउन पर्ने उनले निर्देशन दिएका थिए ।
उनले दशै विदा अगावै लालपुर्जा वितरणका लागी सूचना लगायत आवश्यक प्रक्रिया सुरु गर्न निर्देशन दिदै कुनै बाधा अड्चन भए आफुहरुले त्यसको फुकाउ गर्ने प्रतिबद्धता जनाएका थिए ।
उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी श्याक कृष्ण थापा, प्रहरी उपरिक्षक रुपक खडगा, राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परवीन, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी राजविराज नगर समितीका सभापती खेलानन्द दासका साथै भुमि प्रशासन, नापी, राजविराज नगरपालिका, सडक विभाग, पूर्वाधार विकास लगायत कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।
तर अहिलेसम्म मन्त्री यादवको निर्देशको कुनै पालना नभएको संघर्ष समितिका अर्का सदस्य विरेन्द्र गुप्ताले गुनासो पोखे । सप्तरी सदरमुकाम राजविराज नगरपालिकाको ७० विगहा क्षेत्रमा नगरस्थापनाकाल देखि नै आफ्नै लगानीमा भवन संरचना बनाएर बसोबास गर्दै आएका ५ हजार २ सय परिवार अझै लालपुर्जा पाउन सकेका छैन । लालपुर्जाका लागि पछिल्लो समय नगरवासीले संघर्ष समिति नै गठन गरी लगातार ५० दिनसम्म आन्दोलन गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा
हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा
त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
कुखुरा पालक कृषकहरुका लागि आधारभूत तालिम सम्पन्न
कुखुरा पालक कृषकहरुका लागि आधारभूत तालिम सम्पन्न
शिवको मुर्ति स्थापनाका लागि सांसद डा. यादवद्वारा २५ लाख आर्थिक सहयोग
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
बट सावित्री पर्व मनाइयो 
बट सावित्री पर्व मनाइयो 
जिल्लालाई पूर्ण सरसफाई बनाउन जनप्रतिनिधिहरू सक्रिय हुनुपर्नेमा जोड
जिल्लालाई पूर्ण सरसफाई बनाउन जनप्रतिनिधिहरू सक्रिय हुनुपर्नेमा जोड
परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा
परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा
पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
ट्रक र विङगर एक आसपामा ठोकिदा १४ जना घाइते, दुईको अवस्था गम्भिर
ट्रक र विङगर एक आसपामा ठोकिदा १४ जना घाइते, दुईको अवस्था गम्भिर