ठगिको आरोपमा पक्राउ परेका हनुमानी बिरुद्ध प्रमाणसहित जाहेरी दर्खास्त दिन प्रहरीको अनुरोध

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, मंसिर ७, २०८३
|
|
७ पटक हेरिएको
Shares
ठगिको आरोपमा पक्राउ परेका हनुमानी बिरुद्ध प्रमाणसहित जाहेरी दर्खास्त दिन प्रहरीको अनुरोध

सारांश

  • जिल्ला प्रहरी कार्यालय सप्तरी सप्तरीद्वारा आइतबार जारि प्रेस विज्ञप्तिमार्फत पीडितहरुलाई प्रमाणसहित जाहेरी दर्खास्त दिन आग्रह गरिएको हो ।
  • जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा हनुमानी भन्ने राम वहादुर रजकलाई ठगी तथा आपराधिक विश्वासघात मुद्दामा २०८३ कात्तिक १७ गते पक्राउ गरेर सप्तरी जिल्ला अदालतवाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।
  • जारि विज्ञप्तिमा “निज प्रतिवादीवाट पीडित भएका अन्य कोही व्यक्तिहरु छन भने प्रमाणसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइ निज प्रतिवादी विरुद्ध जाहेरी दर्खास्त दिन हुन अनुरोध गरिएको छ ।
दैनिक समाचारदाता
राजविराज, ६ मंसिर । 
रकम दोब्बर बनाइदिने भन्दै ठगि धन्दा चलाइरहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ७ बभनगामा निवासी ५२ वर्षिय हनुमानी भन्ने राम वहादुर रजकबाट पीडित भएका अन्य कोही व्यक्तिहरुलाई प्रमाणसहित जाहेरी दर्खास्त दिन प्रहरीले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी सप्तरीद्वारा आइतबार जारि प्रेस विज्ञप्तिमार्फत पीडितहरुलाई प्रमाणसहित जाहेरी दर्खास्त दिन आग्रह गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा हनुमानी भन्ने राम वहादुर रजकलाई ठगी तथा आपराधिक विश्वासघात मुद्दामा २०८३ कात्तिक १७ गते पक्राउ गरेर सप्तरी जिल्ला अदालतवाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।
जारि विज्ञप्तिमा “निज प्रतिवादीवाट पीडित भएका अन्य कोही व्यक्तिहरु छन भने प्रमाणसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइ निज प्रतिवादी विरुद्ध जाहेरी दर्खास्त दिन हुन अनुरोध गरिएको छ ।” उल्लेख छ ।
“साथै निजले दिने गरेको यस्ता किसिमको कुरामा विश्वास नगर्न हुन र अन्धविश्वास तथा प्रभावमा नपर्न हुन समेत सर्वसाधारण मानिसहरुमा जानकारीका लागी सुचित गरिन्छ ।” विज्ञप्ति मार्फत जनाइएको छ ।
हनुमानी र उनका छिमेकी समेत रहेका सहयोगी ३४ बर्षिय गुन्जेश सिंहलाई एकै दिन प्रहरीले  नियन्त्रणमा लिएको थियो । यसअघि पनि ठगी आरोपमा पक्राउ परेर धरौटीमा छुटेका हनुमानी विरुद्ध नयाँ उजुरी परेपछि घरबाटै उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महदेवाका हजरत अस्पताल परिसरमै लुटिए
महदेवाका हजरत अस्पताल परिसरमै लुटिए
दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
फुसको संरचना भएका घरको ठाउँमा पक्की भवन बनाउने मेरो सपना ः मन्त्रि साह
फुसको संरचना भएका घरको ठाउँमा पक्की भवन बनाउने मेरो सपना ः मन्त्रि साह
जसपा नेपालद्वारा बिरोध प्रदर्शन
जसपा नेपालद्वारा बिरोध प्रदर्शन
मुलुकमा सरकारबाटै भ्रष्टाचार  भइरहेको छ ः काँग्रेसी केन्द्रिय नेताहरु
मुलुकमा सरकारबाटै भ्रष्टाचार  भइरहेको छ ः काँग्रेसी केन्द्रिय नेताहरु
महिला कैदीबन्दीले मनाए तिज
महिला कैदीबन्दीले मनाए तिज
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
१२ दिनदेखी एक यूवक वेपत्ता  २० दिनपछि वेपत्ता अर्का यूवक फेला 
१२ दिनदेखी एक यूवक वेपत्ता  २० दिनपछि वेपत्ता अर्का यूवक फेला 
महिला दिवसमा ¥यालीसहितको  सचेतनामूलक कार्यक्रम
महिला दिवसमा ¥यालीसहितको  सचेतनामूलक कार्यक्रम