राजविराज÷डाकनेश्वरी नगरपालिकामा शनिबारदेखी टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
गोल्डेन क्रिकेट क्लब बनौलाको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भारतको लौकही क्रिकेट क्लबले सप्तरीको अर्नाहा क्रिकेट क्लबलाई एक विकेटले पराजित गरि दोश्रो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगितामा नेपाल र भारतका गरि १६ वटा टिमको सहभागिता छ । यसअघि आयोजक समितिका अध्यक्ष सुमदेश्वर प्रसाद साहको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रानी मण्डलले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् ।
प्रतियोगितामा विशिष्ट अतिथिका रुपमा रहेका प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरीले बलिङ तथा समाजसेवी डा. टेक नारायण मण्डलले ब्याटिङ गरि प्रतियोगिताको सुरुवात गरेका थिए ।
प्रतियोगिताको समापन खेल आगामी मंसिर २२ गते हुने तथा बिजेता उपबिजेता टिमलाई नगदसहित शिल्ड र मेडल प्रदान गरिने कार्यक्रम तय गरिएको आयोजक समितिले जनाएको छ ।
डाकनेश्वरी टि–ट्वान्टी कप क्रिकेट सुरु
सारांश
- प्रतियोगितामा विशिष्ट अतिथिका रुपमा रहेका प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरीले बलिङ तथा समाजसेवी डा.
- टेक नारायण मण्डलले ब्याटिङ गरि प्रतियोगिताको सुरुवात गरेका थिए ।
- प्रतियोगिताको समापन खेल आगामी मंसिर २२ गते हुने तथा बिजेता उपबिजेता टिमलाई नगदसहित शिल्ड र मेडल प्रदान गरिने कार्यक्रम तय गरिएको आयोजक समितिले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया