दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा समितिकै केही पदाधिकारीद्वारा लगाईएको तालाबन्दी विहिबार दुई सय दिन पुगेको छ ।
समितिका उपाध्यक्ष धिरेन्द्र बर्मा धिरुको नेतृत्वमा बहुमत पदाधिकारीले विभिन्न ३ बुँदे माग राखी गत जेठ ७ गते समितिको मुल गेटमै तालाबन्दी गरेका थिए ।
नेपालकै ईतिहासमा सम्भवत असन्तुष्टीको विषयलाई लिएर कुनै कार्यालयमा यती लामो समय सम्म तालाबन्दी गरिएको पहिलो पटक हो । ६ महिना अघि लगाईएको ताला खोल्ने÷खेलाउने तर्फ कुनै पनि निकायबाट हालसम्म पहल हुन सकेको छैन ।
जसकारण खेलकुद गतिविधि र कार्यालयको दैनिकी कामकाज पूर्ण रुपमा ठप्प रहेको छ । लामो समयको तालाबन्दीकै कारण पूर्वाधार निर्माणका लागी आएको ३५ लाखको बजेट पनि फ्रिज भएर गएको छ ।
तालाबान्दी कै कारण यहाँ कार्यरत कर्मचारी र प्रशिक्षक बेकामे मात्र भएका होइनन् । तलब खान पनि महिनै पिच्छे विराटनगरस्थित पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समिति पुग्न बाध्य छन् ।
समितिका सवै पदाधिकारी सत्ताधारी दल नेकपा पार्टीद्वारा नै मनोनित गरिएका हुन् । तर पदाधिकारी नै दुई गुटमा विभाजित भएपछि विवाद र तालाबन्दी लम्बीदै गएको हो ।
खेलकुद कार्यालयमा ताला लगाइएको दुई सय दिन बित्यो
सारांश
- समितिका उपाध्यक्ष धिरेन्द्र बर्मा धिरुको नेतृत्वमा बहुमत पदाधिकारीले विभिन्न ३ बुँदे माग राखी गत जेठ ७ गते समितिको मुल गेटमै तालाबन्दी गरेका थिए ।
- नेपालकै ईतिहासमा सम्भवत असन्तुष्टीको विषयलाई लिएर कुनै कार्यालयमा यती लामो समय सम्म तालाबन्दी गरिएको पहिलो पटक हो ।
- ६ महिना अघि लगाईएको ताला खोल्ने÷खेलाउने तर्फ कुनै पनि निकायबाट हालसम्म पहल हुन सकेको छैन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु
प्रतिक्रिया
० प्रतिक्रिया