चन्दनकुमार यादब
बिराटनगर, ३ पुस ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नकारात्मक बिषयको खोजीमा होडबाजी चलेको बताएका छन् ।
नेपाल फोटो पत्रकार महासंघको प्रथम महाधिवेशनको बिहीबार बिराटनगरमा उद्घाटन गर्ने क्रममा मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गदै मुख्यमन्त्री राइले समाजमा भएका नकारात्मक वस्तुको खोजी गर्ने र बाहिर ल्याउने परिपाटीलाई समयसँगै बदल्न आवश्यक रहेको जिकिर गरे । उनले भने, ‘समाजमा अहिलसम्म पनि असाध्यै नकारात्मकताको खोजी र खेती गर्ने प्रचलन कायम छ ।’
मुख्यमन्त्री राईले भने, ‘हामी राम्रा कुरा बुझेर पनि बुझे जस्तो गर्दैनौ, देखेर पनि देखे जस्तो गर्दैनौ, कसरी नकारात्मक कुरालाई हाइलाइट गर्ने भन्ने सोच समाजमा अहिले पनि छ । यो मानसिकता र प्रवृतिबाट हामी रुपान्तरित भएर सकारात्कमताको खोजीमा जुट्न आवश्यक छ ।’
संघीयतालाई संस्थगत गदै समाज परिवर्तनका लागि सकारात्मक वस्तुको खोजी र खेतीगर्न कुरामा मिडियाको अहम भूमिका खेल्नु पर्नेमा उनले जोड दिए । मुख्यमन्त्री राईले सबै क्षेत्रमा अहिले इमान र नैतिक मूल्य मान्यता, प्रतिवद्धता र त्यागको खाँचो रहेको बताए ।
देश समृद्धीको यात्रामा रहेको र त्यस यात्रामा हामी सरिक रहेको भन्दै मुख्यमत्री राईले हामीलाई दिएको यो अवसरलाई कहीं कतै नभुली नझुकी योगदान गर्न तयार हुनुपर्ने बताए ।
कार्यक्रममा बरिष्ठ पत्रकारद्धय मोहन भण्डारी र हर्ष सुब्बलाई जनही २१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । मुख्यमन्त्री राईले सम्मानितद्धय भण्डारी र राईलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरेका थिए ।
सामाजिक संजालमा नकारात्मक बिषयमा होडबाजी ः मुख्यमन्त्री राई
सारांश
- नेपाल फोटो पत्रकार महासंघको प्रथम महाधिवेशनको बिहीबार बिराटनगरमा उद्घाटन गर्ने क्रममा मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।
- उद्घाटन समारोहलाई सम्बोधन गदै मुख्यमन्त्री राइले समाजमा भएका नकारात्मक वस्तुको खोजी गर्ने र बाहिर ल्याउने परिपाटीलाई समयसँगै बदल्न आवश्यक रहेको जिकिर गरे ।
- उनले भने, ‘समाजमा अहिलसम्म पनि असाध्यै नकारात्मकताको खोजी र खेती गर्ने प्रचलन कायम छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया