३ सय ४४ छात्रछात्रालाई ई. साहले बितरण गरे स्वेटर

राजविराज राजविराज
|
सोमबार, पौष ७, २०७६
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  •     आइतबार एक समारोहबीच इन्जिनियर साहले प्राथमिक शिक्षा हासिल गरेका वडा नं.
  • ५ मोहनपुर हरकट्टीस्थित मदन आधारभुत विद्यालयका ३ सय ४४ छात्रछात्रालाई एक÷एक थान निलो रंगको स्वेटर वितरण गरेका हुन् ।
  •       शम्भुनाथ नगरपालिका ६ स्थित साह इन्जिनियरिङ्ग कन्स्ट्रक्सन प्रा.

दैनिक समाचारदाता
राजविराज, ६ पुस । 
    सप्तरीको शम्भुनाथ नगरपालिका ६ निवासी इन्जिनियर संजिबकुमार साहले आफूले विद्यार्थी कालमा गरिबी जिवनलाई नजिकैबाट भोगेको पीडालाई मध्यनजर गर्दै सोही विद्यालयमा अध्ययनरत ३ सय ४४ विद्यार्थीलाई न्यानो स्वेटर बितरण गरका छन् । 
    आइतबार एक समारोहबीच इन्जिनियर साहले प्राथमिक शिक्षा हासिल गरेका वडा नं. ५ मोहनपुर हरकट्टीस्थित मदन आधारभुत विद्यालयका ३ सय ४४ छात्रछात्रालाई एक÷एक थान निलो रंगको स्वेटर वितरण गरेका हुन् । 
    शम्भुनाथ नगरपालिका ६ स्थित साह इन्जिनियरिङ्ग कन्स्ट्रक्सन प्रा.लि सञ्चालन गर्दै आएका ई. साहले आयोजित समारोहमा छात्रछात्रालाई न्यानो कपडा वितरण गरे । 
    सो समारोहमा शम्भुनाथ नगरपालिका प्रमुख योगेन्द्रप्रसाद चौधरीले बालबिकासदेखि कक्षा आठसम्मका अध्ययनरत छात्रछात्रालाई स्वेटर वितरण गर्दै चिसोले कठ्याग्रिरहेका बच्चाहरुलाई स्वेटर दान दिएर ठूलो समाज सेवाको काम गरेको बताए । 
    सो विद्यालयका प्रधानाध्यापक विश्वनाथ गोइतको अध्यक्षतामा आयोजित वितरण समारोहमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति किरण भगत, राप्रपाका जिल्ला अध्यक्ष उम्मदेश्वरप्रसाद साह, शभ्म’नाथ वार्ड नं. ५ अध्यक्ष हिरण्य चौधरी, समाजसेवी बिरेन्द्र पण्डित, गैसस कोषाध्यक्ष बौआलाल यादव, वडा सचिव देवनारायण साह लगायतको सभागिता रहेको थियो । 
    सोही समारोहमा विद्यालयका तीन शिक्षिकासहित ११ जना शिक्षकलाई समेत एक÷एक थान ज्याकेट प्रदान गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध
विद्यालय आसपास मदिरा र सुर्तीजन्य पर्दाथ विक्री निषेध
जनमत पार्टीले किन लियो समर्थन फिर्ता ! 
जनमत पार्टीले किन लियो समर्थन फिर्ता ! 
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ
मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ
दलाललाई विश्वास गर्दा युवाहरू ठगिदै 
दलाललाई विश्वास गर्दा युवाहरू ठगिदै 
२०४८ का ब्याजीहरुले गरे शिक्षक शिक्षिकालाई सम्मान
२०४८ का ब्याजीहरुले गरे शिक्षक शिक्षिकालाई सम्मान
सप्तरीमा अश्वमेघ महायज्ञ हुँदै
सप्तरीमा अश्वमेघ महायज्ञ हुँदै
अनियमितताको आरोप लगाउँदै विद्यालयमा  तालाबन्दी र अनशन, विद्यार्थी पढाईबाट बञ्चित
अनियमितताको आरोप लगाउँदै विद्यालयमा  तालाबन्दी र अनशन, विद्यार्थी पढाईबाट बञ्चित
छापाखानाकर्मी रामअवतारको स्मृतीमा श्रद्धाञ्जली सभा
छापाखानाकर्मी रामअवतारको स्मृतीमा श्रद्धाञ्जली सभा
मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह