राजविराज÷सप्तरी प्रहरीले समाजमा बढ्दै गएको चोरी, झगडा लगायतको अपराधिक घटना न्युनिकरणका साथ साथै घरेलु मदिरा नियन्त्रण तथा मदिरा भट्टी नष्ट गर्ने कार्यलाई समेत निरन्तरता दिएको छ ।
एक महिना यता राजविराज नगरपालिकाका विभिन्न वडाका साथै, बोदेबसाईन नगरपालिका, खडक नगरपालिका, अग्निसाईर कृष्णासवरण गाउँपालिका लगायतका स्थानमा रहेका दुई दर्जन भन्दा बढी मदिरा भट्टीबाट ५ हजार लिटर भन्दा बढी घरेलु तयारी मदिरा तथा कच्चा पदार्थ नष्ट गरिनुका साथै मदिरा बनाउन प्रयोग गरिने उपकरण तथा भाडाकुँडा ठूलो परिमाणमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घरेलु मदिराका कारण घरेलु हिंसा, लुटपाट, दुर्घटना, चोरी, झगडा, बलात्कार, सामाजिक परिवारीक कलह लगायतका अपराधजन्य घटना बढेपछि घरेलु मदिरा नियन्त्रण अभियान कै रुपमा संचालन गरिएको सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
घरेलु मदिरा उत्पादनकर्तालाई जरिवानासहितको कारवाही गर्न थालेपछि यसको विक्रि बितरण तथा उत्पादनमा कमी आएको उनको दाबी छ ।
समाजमा हुने अधिकांश अपराधिक घटना मदिराजन्य पदार्थ सेवन कै कारण भएको पाइएकोले त्यसको उत्पादनलाई निरुत्साहित गर्न अभियान थालिएको उनको भनाई छ । घरेलु मदिरा सस्तो र सजिलै पाउने भएकाले यसको सेवनबाट मातिएकाहरुले अपराधिक घटना घटाएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
घरेलु मदिराले समाजमा नकारात्मक प्रभाव पार्नुका साथै राजश्व छलि बढेकोले पनि अवैध रुपमा घरेलु मदिारा उत्पादन गर्नेलाई अब कुनै छुट नदिने उनले बताए ।
घरेलु मदिरा र उत्पादन गर्ने भट्टी नष्ट गर्दै प्रहरी
सारांश
- घरेलु मदिरा उत्पादनकर्तालाई जरिवानासहितको कारवाही गर्न थालेपछि यसको विक्रि बितरण तथा उत्पादनमा कमी आएको उनको दाबी छ ।
- समाजमा हुने अधिकांश अपराधिक घटना मदिराजन्य पदार्थ सेवन कै कारण भएको पाइएकोले त्यसको उत्पादनलाई निरुत्साहित गर्न अभियान थालिएको उनको भनाई छ ।
- घरेलु मदिरा सस्तो र सजिलै पाउने भएकाले यसको सेवनबाट मातिएकाहरुले अपराधिक घटना घटाएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु
प्रतिक्रिया
० प्रतिक्रिया