दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. १ मल्हनियामा मंगलबार एक कार्यक्रमबीच नवनिर्मित स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ ।
निर्माण भएको स्वास्थ्य चौकीको जग्गादाता गुलाबीदेवी यादव, उनका छोरा डा. चन्द्र नारायण यादव, गाउँपालिका अध्यक्ष अध्यक्ष दयानन्द गोइत, उपाध्यक्ष रुबी गुप्ताले संयुक्त रुपमा रिबन काटी उद्घाटन गरेका हुन् ।
मल्हनिया निवासी गुलाब देवी यादवले स्वास्थ्य चौकी निर्माणका लागि ७ कठ्ठा जग्गा निशुल्क प्रदान गरेपछि सहरी विकास मन्त्रालयको अनुदान २ करोड ६० लाख ३० हजार रकमबाट उक्त स्वास्थ्य चौकी निर्माण भएको गाउँपालिका अध्यक्ष गोइतले जानकारी दिएका छन् । निशुल्क जग्गा दिने जग्गादाता गुलाब देवी र उनका छोरा डा. चन्द्र नारायण यादवलाई सोही कार्यक्रममा कदरपत्र र दोसल्ला ओढाई गाउँपालिका अध्यक्ष गोइतले सम्मान समेत गरे ।
वडकी टोल मल्हनियामा निर्माण भएको दुई तल्ले स्वास्थ्य चौकीमा ६ कोठा, १० वटा शौचालय र ३ वटा काउण्टर रहेका छन् । नेपाल सरकारबाट सात जनाको दरबन्दी र करारमा एक जना गरि उक्त स्वास्थ्य चौकीमा ८ जना कर्मचारी रहेका छन् । जसमा एक जना हेल्थ असिस्टेन्ट, एक जना सिनियर अहेब, दुई जना अहेब, तीन जना अनमी र एक जना कार्यलय सहयोगी छन् । त्यस्तै तीन वटा बर्थिङ बेड पनि रहेको छ ।
यस्तै आवत जावतका लागि मूल सडकदेखी नवनिर्मित भवनसम्म सडक निर्माण समेत गरिएको छ । झण्डै २० लाखको बजेटमा गाउँपालिकाले सो ढलान सडक निर्माण गरेको अध्यक्ष गोइतले बताए ।
आयोजित कार्यक्रममा जिल्ला जनस्वास्थ्य सप्तरीका प्रमुख दुनियालाल यादव, वडा नं. १ का अध्यक्ष बैधनाथ यादव, पूर्व गाविस अध्यक्षद्वय अरुण कुमार गोइत, सत्यनारायण यादवलगयत विभिन्न वडाका अध्यक्षहरु, स्थानिय लगायतको सहभागिता रहेको थियो ।
मल्हनियामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीको उद्घाटन
सारांश
- निर्माण भएको स्वास्थ्य चौकीको जग्गादाता गुलाबीदेवी यादव, उनका छोरा डा.
- चन्द्र नारायण यादव, गाउँपालिका अध्यक्ष अध्यक्ष दयानन्द गोइत, उपाध्यक्ष रुबी गुप्ताले संयुक्त रुपमा रिबन काटी उद्घाटन गरेका हुन् ।
- मल्हनिया निवासी गुलाब देवी यादवले स्वास्थ्य चौकी निर्माणका लागि ७ कठ्ठा जग्गा निशुल्क प्रदान गरेपछि सहरी विकास मन्त्रालयको अनुदान २ करोड ६० लाख ३० हजार रकमबाट उक्त स्वास्थ्य चौकी निर्माण भएको गाउँपालिका अध्यक्ष गोइतले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया