हिमालय क्लब राजविराजको बिजयी शुरुवात

राजविराज राजविराज
|
आइतबार, पौष २७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
हिमालय क्लब राजविराजको बिजयी शुरुवात

सारांश

  •     वडा नं.
  • ८ पोखरीयास्थित खेलमैदानमा शुरु भएको प्रतियोगितामा शम्भुनाथ नगरपालिकालाई एकका बिरुद्ध तीन गोल अन्तरले पराजित गर्दै राजविराज बिजयी भएको हो ।
  •       खेलको पहिलो हाफको २५ औं मिनेट, दोश्रो हाफको १० औं र १५ औं मिनेटमा राजविराजले गोल गर्दै राजविराज जित हासिल गरेको हो ।

दैनिक समाचारदाता
राजबिराज, २७ पुस । 
    सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबारदेखी संचालित मयेर कप २०७६ फुटवल प्रतियोगिताको उद्घाटन खेलमा हिमालय क्लब राजविराज बिजयी भएको छ । 
    वडा नं. ८ पोखरीयास्थित खेलमैदानमा शुरु भएको प्रतियोगितामा शम्भुनाथ नगरपालिकालाई एकका बिरुद्ध तीन गोल अन्तरले पराजित गर्दै राजविराज बिजयी भएको हो । 
    खेलको पहिलो हाफको २५ औं मिनेट, दोश्रो हाफको १० औं र १५ औं मिनेटमा राजविराजले गोल गर्दै राजविराज जित हासिल गरेको हो । खेलको २२ औं मिनेटमा शम्भुनाथ नगरपालिकाले सान्त्वना गोल फर्काएका थिए । 
    सप्तरी, सिरहा, महोत्तरी, उदयपुर, सुनसरी र मोरंगका बिभिन्न १४ क्लबको सहभागिता रहेको सो प्रतियोगिताको फाइनल माघ १२ गते हुने आयोजकले जनाएको छ । 
    प्रतियोगिताका बिजेताले नगद रु. ५५ हजार र कप हात पार्ने छ भने उपबिजेताले नगद रु. ४५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने जनाएको छ । 
    यसअघि खेलकुद संचालक समितिका अध्यक्ष धनिलाल चौधरीको अध्यक्षतामा आयोजित प्रतियोगिताको एक कार्यक्रमका बीच शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्र प्रसाद चौधरी, उपप्रमुख कबिताकुमारी सरदार र प्रमुख प्रशासकीय अधिकृत मातृका दंगालले संयुक्त रुपमा उद्घाटन गरेका थिए । 
    शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरीयाको आयोजनामा शुरु भएको प्रतियोगिता अन्तर्गत सोमवारको खेल एपीएफ बर्दिबास र सलहेश फुटबल टिम भोटिया टोल लहान सिरहाबीच हुने खेलकुद संचालक समितिका सचिव श्रवणकुमार चौधरीले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
असक्त विद्यार्थीलाई ह्वील चेयर
असक्त विद्यार्थीलाई ह्वील चेयर
२२ वर्षिया सजनले गरिन आत्महत्या, ८० वर्षिया बृद्धाद्वारा आत्महत्या प्रयास
२२ वर्षिया सजनले गरिन आत्महत्या, ८० वर्षिया बृद्धाद्वारा आत्महत्या प्रयास
राजावादीहरुले फागुन ३० गते  जनआन्दोलनको मिति घोषणा गर्दै
राजावादीहरुले फागुन ३० गते  जनआन्दोलनको मिति घोषणा गर्दै
मधेश प्रदेश सरकारको ४६ अर्ब ८८ करोड  ९ लाख ४६ हजार रुपैयाँको बजेट
मधेश प्रदेश सरकारको ४६ अर्ब ८८ करोड  ९ लाख ४६ हजार रुपैयाँको बजेट
विद्यालयका विद्यार्थीलाई पोशाक वितरण
विद्यालयका विद्यार्थीलाई पोशाक वितरण
महिला शिक्षक तथा कर्मचारीहरु तोकेको  तलब नपाउदा धर्नालाई निरन्तरता
महिला शिक्षक तथा कर्मचारीहरु तोकेको  तलब नपाउदा धर्नालाई निरन्तरता
सडक मै ढाट तेर्साएर चक्काजाम 
सडक मै ढाट तेर्साएर चक्काजाम