दैनिक समाचारदाता
राजविराज, १ माघ ।
राजविराजस्थित माडवारी समुदायले बुधबार गरिब, असहाय, बृद्घवृद्घा, साधुसन्त र मगन्तेलाई मिष्ठान भोजन एवम भाडाकुडा वितरण गरेर माघे संक्रान्ति मनाएका छन ।
नेपाल अग्रवाल सभा शाखा राजविराजमा आवद्घ माडवारी युवाले ९ सय ३७ जना गरिब असहाय, विपन्न, बृद्घबृद्घा, साधुसन्त र मगन्तेलाई मिष्ठान भोजन सहित भाडाकुडा वितरण गरेका हुन ।
सभाका अध्यक्ष मनोज कुमार अग्रवालले दक्षिणा स्वरुप उनीहरुलाई २०–२० रुपैया नगद समेत वितरण गरिएको जानकारी दिए ।
उनीहरुले भण्डारा कार्यक्रमका आयोजक समितिका पदाधिकारीहरुलाई आर्शिवादसहित धन्यवाद दिए । सो अवसरमा माडवारी सेवा समितिका अध्यक्ष सुरेश रुगटा, उपाध्यक्ष प्रमोद काँवरा, सदस्य संजय अग्रवाल, नितिन अग्रवाल लगायत सभाका पदाकिारीसहित समाजका अगुवाहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
माडवारी समुदायद्वारा विपन्नलाई भोजन तथा भाडाकुडा वितरण
सारांश
- नेपाल अग्रवाल सभा शाखा राजविराजमा आवद्घ माडवारी युवाले ९ सय ३७ जना गरिब असहाय, विपन्न, बृद्घबृद्घा, साधुसन्त र मगन्तेलाई मिष्ठान भोजन सहित भाडाकुडा वितरण गरेका हुन ।
- सभाका अध्यक्ष मनोज कुमार अग्रवालले दक्षिणा स्वरुप उनीहरुलाई २०–२० रुपैया नगद समेत वितरण गरिएको जानकारी दिए ।
- उनीहरुले भण्डारा कार्यक्रमका आयोजक समितिका पदाधिकारीहरुलाई आर्शिवादसहित धन्यवाद दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया