राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर  राजनीति गर्ने पार्टी हो ः सीके राउत

राजविराज राजविराज
|
सोमबार, माघ ६, २०७६
|
|
२६ पटक हेरिएको
Shares
राजपा र सपा सत्तालाई केन्द्र बिन्दुमा राखेर  राजनीति गर्ने पार्टी हो ः सीके राउत

सारांश

  •     सोमबार राजविराजमा जनतम पार्टी सप्तरीद्वारा आयोजित “बरिष्ठ नेतृत्व मण्डल अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रम” मा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
  •     अध्यक्ष राउतले मधेशमा राजनीतिक चेतनाको अभावका कारण पैसाको चलखेल बढी हुने गरेको बताउँदै मधेशवादी पार्टीहरु सत्ताका लागि सरकारसँग गोप्य सम्झौता गर्ने गरेको आरोप लगाएका छन् ।
  •       प्रधानमन्त्री केपी ओलीलाई प्रवेश निषेध गर्न लगाएर सप्तरीको मलेठमा पाँच जना यूवालाई ज्यान गुमाउन बाध्य बनाएको मधेशवादी दल समाजवादी पार्टी तीनै ओली नेतृत्वको सरकारमा सहभागि हुनु र अहिले आएर राजपाले पनि राष्ट्रिय सभा निर्वाचनमा सोही पार्टीसँग सहमति गर्ने सहिद र मधेशी जनताको अपमान गरेको उनको भनाई थियो ।

दैनिक समाचारदाता
राजविराज, ६ माघ । 
    जनमत पार्टी अध्यक्ष डा. सीके राउतले मधेशवादी दल राजपा र समाजवादी पार्टी सत्तालाई केन्द्र बिन्दुमा राखेर राजनीति गर्ने पार्टी रहेको आरोप लगाएका छन् । 
    सोमबार राजविराजमा जनतम पार्टी सप्तरीद्वारा आयोजित “बरिष्ठ नेतृत्व मण्डल अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रम” मा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
    अध्यक्ष राउतले मधेशमा राजनीतिक चेतनाको अभावका कारण पैसाको चलखेल बढी हुने गरेको बताउँदै मधेशवादी पार्टीहरु सत्ताका लागि सरकारसँग गोप्य सम्झौता गर्ने गरेको आरोप लगाएका छन् । 
    प्रधानमन्त्री केपी ओलीलाई प्रवेश निषेध गर्न लगाएर सप्तरीको मलेठमा पाँच जना यूवालाई ज्यान गुमाउन बाध्य बनाएको मधेशवादी दल समाजवादी पार्टी तीनै ओली नेतृत्वको सरकारमा सहभागि हुनु र अहिले आएर राजपाले पनि राष्ट्रिय सभा निर्वाचनमा सोही पार्टीसँग सहमति गर्ने सहिद र मधेशी जनताको अपमान गरेको उनको भनाई थियो । 
    उनले हिरा चिन्न नसकेका कारण मधेशमा काँग्रेस, कम्युनिष्ट र मधेशवादी दल गोबरलाई हिरा भनेर बेचेर हिड्ने गरेको समेत आरोप लगाए । उनले अर्को निर्वाचनमा आफ्नो पार्टी सशक्त रुपमा अगाडी आउने दाबी समेत गरे । 
    सोही कार्यक्रममा आफ्नो पार्टीका कार्यकर्तालाई जनताको घर घरमा पुगेर आक्रमक रुपमा सदस्यता बितरण र संगठन निर्माण अभियानमा जुट्न निर्देशन दिँदै निर्वाचनको महत्व बारे पनि प्रशिक्षण दिन निर्देशन दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
काँग्रेस र नेकपाबाट सयौं फोरममा प्रवेश
काँग्रेस र नेकपाबाट सयौं फोरममा प्रवेश
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा दुई जना पक्राउ 
सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा दुई जना पक्राउ 
रोकिराखेको ट्याक्टरमा सुमो ठोकिदा एकको मृत्यु, दुई गम्भिर 
रोकिराखेको ट्याक्टरमा सुमो ठोकिदा एकको मृत्यु, दुई गम्भिर 
नेकपा प्रचण्ड–नेपाल समुहले  प्रधानमन्त्रीलाई बुझायो विरोध–पत्र
नेकपा प्रचण्ड–नेपाल समुहले  प्रधानमन्त्रीलाई बुझायो विरोध–पत्र
रौनियार सेवाको धर्मशाला निर्माणका लागि जग्गादानसहित आर्थिक सहयोग प्रदान
रौनियार सेवाको धर्मशाला निर्माणका लागि जग्गादानसहित आर्थिक सहयोग प्रदान
कंचनको शवसहित आफन्तको प्रदर्शन, हत्या भएको भन्दै छानबिन र दोषिमाथी  कारवाहीको माग, अनुसन्धानका लागि पति पक्राउ
दृष्टिविहिन भोल्वी विचल्लीमा