घरदैलोमै पशुको स्वास्थ परीक्षण अभियान सुरु

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
२९ पटक हेरिएको
Shares
घरदैलोमै पशुको स्वास्थ परीक्षण अभियान सुरु

सारांश

  •     सो गाउँपालिकाले जेष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्तलाई घर घरमै स्वास्थ्यकर्मीको टोली पठाई निःशुल्क घरदैलो स्वास्थ्य उपचार अभियान थालेको एक साता नबित्दै अर्को अभियान सुरु गरेको हो ।
  •       शुक्रबार गाउँपालिकाको वडा नं.
  • २ लौनियाबाट सो घरदैलो अभियानको सुरुवात गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले शुक्रवारदेखि पशु स्वास्थ परीक्षण तथा व्यावसायिक पशुपालन सम्बन्धी निःशुल्क घरदैलो अभियान शुरु गरेको छ । 
    सो गाउँपालिकाले जेष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्तलाई घर घरमै स्वास्थ्यकर्मीको टोली पठाई निःशुल्क घरदैलो स्वास्थ्य उपचार अभियान थालेको एक साता नबित्दै अर्को अभियान सुरु गरेको हो । 
    शुक्रबार गाउँपालिकाको वडा नं. २ लौनियाबाट सो घरदैलो अभियानको सुरुवात गरिएको हो । पशुमा देखिने विभिन्न खाले रोगको उपचार, नियन्त्रण, उत्पादनमा वृद्धि र पशुपालकको अनावश्यक खर्च जोगाउने उद्देश्यले निःशुल्क घर दैलो अभियान थालिएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिए ।
    पशुमा देखिने विभिन्न रोगका कारण पशुपालकलाई उपचार खर्च धान्न धौँ–धौँ पर्नुका साथै पशुपालकको उत्पादन र आयमा समेत हस आउन थालेपछि समस्या निराकरण र पशु उत्पादन वृद्धिका लागि निःशुल्क पशु स्वास्थ्य परिक्षण र उपचार सम्बन्धि घरदैलो अभियान थालिएको अध्यक्ष सिंहको भनाई छ ।
    अभियानबाट लाभ लिन र पशुपालनलाई व्यावसायिक रुपमा अघि बढाउन आग्रह गर्दै उनले पशु पालनलाई परम्परागत रुपमा नभएर नयाँ ढंगले र व्यवसायिक रुपमा अघि बढाउनु पर्नेमा जोड समेत दिए । उनले घरदैलो अभियान अन्तर्गत पशुको चेकजाँच र औषधी पनि निःशुल्क उपलब्ध गराईने जानकारी दिए । 
    वडा अध्यक्ष खगेन्द्र मण्डलको अध्यक्षतामा आयोजित अभियान उद्घाटन समारोहमा प्रमुख अतिथि सांसद दुलारी देवी खंग, प्रध्यापक प्रदिप कुमार मण्डल, वरिष्ठ पशुरोग विषेज्ञ डा. दिपक कुमार सिंह, स्वास्थ्य संयोजक शैलेश मिश्र लगायतले पनि बोल्दै पशुपालन व्यवसायमा लागेकाहरुका लागि अभियान निकै फलदायी हुने विश्वास व्यक्त गरे ।
    वडा २ बाट शुरु भएको अभियान क्रमिक रुपमा गाउँपालिकाका सबै ८ वटै वडामा संचालन हुने तथा घरदैलो अभियानमा वरिष्ठ पशुरोग विशेषज्ञ डा. दिपक कुमार सिंह, डा. राहुल प्रताप सिंह, डा. मृग्रेन्द्र सिंह सहितको १५ सदस्यीय टोलीले स्वास्थ्य तथा अन्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । 
    कार्यक्रममा समाज उत्थान, शिक्षा, स्वास्थ, कृषि लगायतका क्षेत्रमा योगदान पु¥याए वापत आधा दर्जन संचारकर्मीसहित विभिन्न व्यक्तित्वहरुलाई गाउँपालिकाले सम्मान गरेको थियो ।
    यसअघि सो गाउँपालिकाले जेष्ठ नागरिक तथा पूर्ण अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरी गत ७ मंसिरदेखि निःशुल्क स्वास्थ उपचार घरदैलो अभियान संचालन गरेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह