दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
गजेन्द्र नारायण सिंह क्रिकेट प्रतियोगिताका लागि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले बुधबार वडा स्तरीय क्रिकेट टिमलाई क्रिकेट सामग्रीहरु हस्तान्तरण गरेको छ ।
बुधबार आयोजित एक कार्यक्रमबीच गाउँपालिकाले गत बर्षदेखि सञ्चालन गरेको गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिताका लागि आठ वटै टिमलाई गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले क्रिकेट सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
आठ वटै वडाका वडा अध्यक्षहरुको सहभागितामा अध्यक्ष सिंहले क्रिकेट सामग्रीहरु हस्तान्तरण गर्नुभएको गाउँपालिकाका सूचना अधिकारी राजेश कुमार झाले जानकारी दिएका छन् ।
सो क्रिकेट प्रतियोगिता यस वर्ष फागुन ११ गतेदेखि मावि कट्टीको खेलमैदानमा सञ्चालन गरिने सूचना अधिकारी झाले जानकारी दिए ।
वडा स्तरीय टिमलाई क्रिकेट सामग्री हस्तान्तरण
सारांश
- बुधबार आयोजित एक कार्यक्रमबीच गाउँपालिकाले गत बर्षदेखि सञ्चालन गरेको गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिताका लागि आठ वटै टिमलाई गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले क्रिकेट सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
- आठ वटै वडाका वडा अध्यक्षहरुको सहभागितामा अध्यक्ष सिंहले क्रिकेट सामग्रीहरु हस्तान्तरण गर्नुभएको गाउँपालिकाका सूचना अधिकारी राजेश कुमार झाले जानकारी दिएका छन् ।
- सो क्रिकेट प्रतियोगिता यस वर्ष फागुन ११ गतेदेखि मावि कट्टीको खेलमैदानमा सञ्चालन गरिने सूचना अधिकारी झाले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया