प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहा बिजयी  

राजविराज राजविराज
|
मंगलबार, मंसिर १८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहा बिजयी  

सारांश

  •     हिरोज स्पोटिङ क्लब बरमझियाको आयोजनामा आयोजित उक्त प्रतियोगिताको उद्घाटन प्रदेश २ का सामाजिक विकास मन्त्रि नवलकिशोर साहले गरेका छन् ।
  •     उद्घाटन पश्चात् सुरु भएको उद्घाटन खेलमा सिरहाले धनुषालाई हराउन सफल भएको छ ।
  • अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा निर्धारित समयसम्म दुबै टिमबाट गोल हुन नसकेपछि ट्राईबेकर प्रणालीद्वारा खेलको छिनोफानो गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर । 
    सप्तरीको कंचनरुप नगरपालिका ३ स्थित बरमझियामा सोमबारदेखी प्रदेश स्तरिय हिरो कप फुटवल प्रतियोगिता सुरु भएको छ । 
    हिरोज स्पोटिङ क्लब बरमझियाको आयोजनामा आयोजित उक्त प्रतियोगिताको उद्घाटन प्रदेश २ का सामाजिक विकास मन्त्रि नवलकिशोर साहले गरेका छन् ।
    उद्घाटन पश्चात् सुरु भएको उद्घाटन खेलमा सिरहाले धनुषालाई हराउन सफल भएको छ । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा निर्धारित समयसम्म दुबै टिमबाट गोल हुन नसकेपछि ट्राईबेकर प्रणालीद्वारा खेलको छिनोफानो गरिएको थियो ।
    सुरुको निर्धारित समयअवधीमा दुबै टिमले कुनै गोल गर्न सकेपछि र ५÷५ प्यानेल्टीमा समेत खेल बराबरी भएपछि थपिएको ३÷३ प्यानेल्टीमा सिरहा बिजयी भएको हो । 
    यसअघि प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साहले प्रदेश २ को खेलकुदको विकासका लागि आवश्यक भौतिक संरचना निर्माण तालिम र प्रतियोगिताहरु संचालन गर्न आवश्यक बजेटको व्यवस्था गर्न लागेको जानकारी दिए । 

    पाँच वर्ष भित्र खेलकुदको भौतिक संरचनामा निर्माणमा उपलब्धि देखिने गरि काम हुने समेत मन्त्री साहले दाबी गर्दै यस्ता प्रतियोगिताले खेल क्षेत्रको मात्र विकास नभई खेलाडीको विकासमा समेत टेवा पुग्ने बताए । 
    आयोजक समितिका अध्यक्ष बिजय कुमार चौधरीको अध्यक्षमा आयोजित उद्घाटन समारोहमा विभिन्न व्यक्तित्वहरुले शुभकामना दिएका थिए । 
    प्रतियोगितामा प्रदेश २ का सबै ८ वटै जिल्ला टिमहरुको सहभागिता रहेको छ भने प्रतियोगितामा बिजेता हुने टिमले हिरो कप सहित १ लाख रुँपैया प्राप्त गर्नेछन् भने उपबिजेता टिमले ५० हजार रुँपैया नगद पुरस्कार पाउने छन् । प्रतियोगिता अन्तरगत मंगलबार बारा र कलैयाबीच खेल हुने छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह