दुई वर्षे कार्यकाल सफल भएको  मुख्यमन्त्री राउतको दाबी 

राजविराज राजविराज
|
शनिबार, फाल्गुन ३, २०७६
|
|
१६ पटक हेरिएको
Shares
दुई वर्षे कार्यकाल सफल भएको  मुख्यमन्त्री राउतको दाबी 

सारांश

  •     उनले संघियतालाई असफल पार्ने तत्वहरु सक्रिय रहेको दावी गर्दै समयमा प्रदेश सरकारले संघीयतालाई संस्थागत गर्न तर्फ अग्रसरता लिएको बताउँदै संघ सरकारको तर्फबाट असहयोग भइरहेको भन्दै प्रदेशका अधिकारहरु कटौती गर्ने काम भएको समेत बताए ।
  •       पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले वर्तमान सरकारको कार्यकाल ५ वर्ष नै रहने दावी गरेका छन् ।
  • उनले जनताको म्याण्डेटबाट गठन भएको प्रदेश सरकार रहेकोले यो सरकार ५ वर्ष सम्म रहने बताउँदै प्रदेशको राजधानी जनकपुरधाम हुने सहमति भइसकेको र प्रदेशको नाम मधेश नै हुने दावी समेत गरे ।

    जनकपुरधाम÷प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारको दुई वर्षे कार्यकालको प्रगती विवरण शनिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् । 
    आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले प्रदेश सरकारको दुई वर्षको कार्यकाल सफल भएको दाबी समेत गरेका छन् ।
    प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले विभिन्न आरोह–अवरोहका बीच प्रदेश सरकारको दुई वर्षे कार्यकाल सफल रहेको दावी गर्दै २६ बुँदे कार्य प्रगति विवरण समेत सार्वजनिक  गरे ।
    उनले संघियतालाई असफल पार्ने तत्वहरु सक्रिय रहेको दावी गर्दै समयमा प्रदेश सरकारले संघीयतालाई संस्थागत गर्न तर्फ अग्रसरता लिएको बताउँदै संघ सरकारको तर्फबाट असहयोग भइरहेको भन्दै प्रदेशका अधिकारहरु कटौती गर्ने काम भएको समेत बताए । 
    पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले वर्तमान सरकारको कार्यकाल ५ वर्ष नै रहने दावी गरेका छन् । उनले जनताको म्याण्डेटबाट गठन भएको प्रदेश सरकार रहेकोले यो सरकार ५ वर्ष सम्म रहने बताउँदै प्रदेशको राजधानी जनकपुरधाम हुने सहमति भइसकेको र प्रदेशको नाम मधेश नै हुने दावी समेत गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?