प्रजातन्त्र दिवसमा सरसफाई

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
३६ पटक हेरिएको
Shares
प्रजातन्त्र दिवसमा सरसफाई

सारांश

  •     जिल्ला मूल समारोह समिति सप्तरीको आयोजना आयोजित सरसफाई कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीको सभापति प्रभाकर यादब, प्रमुख जिल्ला अधिकारी सुनील खनाल, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, राजविराज नगरपालिका उपप्रमुख साधना झा, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख तिलक प्रसाई, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो ।
  •       त्यस्तै मंगलबार साँझ सबै कार्यालय तथा घर घरमा दिपावली मनाउने निर्णय गरिएको छ ।
  •       यसअघि समितिले तीन दिवसीय रुपमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने निर्णय गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ६ फागुन । 
    ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मंगलबार राजविराजस्थित रंगशालामा सरसफाई गरिएको छ । 
    जिल्ला मूल समारोह समिति सप्तरीको आयोजना आयोजित सरसफाई कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीको सभापति प्रभाकर यादब, प्रमुख जिल्ला अधिकारी सुनील खनाल, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, राजविराज नगरपालिका उपप्रमुख साधना झा, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख तिलक प्रसाई, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो । 
    त्यस्तै मंगलबार साँझ सबै कार्यालय तथा घर घरमा दिपावली मनाउने निर्णय गरिएको छ । 
    यसअघि समितिले तीन दिवसीय रुपमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने निर्णय गरेको थियो । जस अन्तरगत फागुन ७ गते प्रभातफेरी, प्रवचन तथा साँस्कृतिक कार्यक्रम र साँझ सबै कार्यालय तथा घर घरमा दिपावली मनाउने निर्णय गरिएको छ । 
    यसैगरि फागुन ८ गते म्युजिक चेयर कार्यक्रम, सियो धागो कार्यक्रम, राजविराज नगरपालिका अन्तरगत भिजिट नेपाल २०२० को सन्दर्भमा चित्रकला गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ