दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
सप्तरीको बलान बिहुल गाउँपालिका ५ रामनगर कोदरकट्टीमा आइतबारराती आधा दर्जन घरमा चोरी भएको छ ।
गाउँका सबै सुतिसकेको मौका छोपी मध्यरातमा आएका अज्ञात समूहले स्थानीय अमृतलाल यादव, रुपलाल यादव, इन्द्रदेव यादव, मनिकलाल साह, कारी यादव लगायतको घरबाट सो धनमाल चोरी गरेका हुन् ।
अज्ञात समूहले घरको ढोका फुटाएर २२ हजार नगदसहित सुन, चाँदीका गरगहना गरि २ लाख २२ हजारको सम्पत्ति चोरी गरेको पीडित मध्येका एक कारी यादवले बताएका छन् ।
राती करिब १० बजेतिर सुतेको र बिहान उठ्दा ढोका र दराज फुटाएर सो परिमाणको चोरी भएको थाहा पाएको उनले बताए ।
यता सो ममूहले स्थानीयहरुको घरबाट नगद, गरगहना, भाडाकुडा, मोवाइल लगायतको करिब २० लाख मुल्य बराबरको धनमाल चोरेर लगेको स्थानीयबासी अशोक कुमार यादवले जानकारी दिएका छन् ।
गाउँलेहरु राती सुतिसकेका बेला आएका चोरहरुले नगद, गरगहना लगायतको समान राखिएको बक्सा दराज घरबाट खेतमा पु¥याएर चोरी गरेको उनको भनाई छ ।
यता घटना बारे थाहा पाएपछि स्थानीयहरुले प्रहरीमा खबर गरेको तर प्रहरी २ घण्टासम्म पनि घटनास्थल नपुगेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् ।
पीडितहरुले २० लाख भन्दा बढीको धनमाल चोरी भएको बताइरहँदा इलाका प्रहरी कार्यालय कडोरबोनाका प्रहरी निरिक्षक रामराजा केसरीले भने चोरी भएको सम्पत्ति विवरण बारे विवरण संकलन कार्य भइरहेको उनले यकिन रकम तत्कालै भन्न नसकिने बताए ।
उनले चोरी घटना बारे जानकारी प्राप्त भएको र चोरको खोजतलासी कार्य सुरु गरेको बताएका छन् ।
एकै रात आधा दर्जन घरमा चोरी
सारांश
- गाउँका सबै सुतिसकेको मौका छोपी मध्यरातमा आएका अज्ञात समूहले स्थानीय अमृतलाल यादव, रुपलाल यादव, इन्द्रदेव यादव, मनिकलाल साह, कारी यादव लगायतको घरबाट सो धनमाल चोरी गरेका हुन् ।
- अज्ञात समूहले घरको ढोका फुटाएर २२ हजार नगदसहित सुन, चाँदीका गरगहना गरि २ लाख २२ हजारको सम्पत्ति चोरी गरेको पीडित मध्येका एक कारी यादवले बताएका छन् ।
- राती करिब १० बजेतिर सुतेको र बिहान उठ्दा ढोका र दराज फुटाएर सो परिमाणको चोरी भएको थाहा पाएको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया