सप्तरीबाट २ सय ५६ वटा  आर्थिक अनियमितताका उजुरी 

राजविराज राजविराज
|
बुधबार, फाल्गुन १४, २०७६
|
|
३० पटक हेरिएको
Shares
सप्तरीबाट २ सय ५६ वटा  आर्थिक अनियमितताका उजुरी 

सारांश

  •     अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरी कार्यालयद्वारा मंगलबार राजविराजमा आयोजित भ्रष्टाचार नियन्त्रण र शुसासन प्रबद्र्घनका लागि जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरेको हो ।
  •       आयोगका शाखा अधिकृत गिरीराज भट्टराईले प्रतिवेदन प्रस्तुत गर्दै १ सय ४९ वटा उजुरी स्थानिय तहमा भएको आर्थिक अनियमितताका रहेको जानकारी दिए ।
  •       उनले पुरानो सरेर आएको १ सय २२ तथा आर्थिक वर्ष २०७५÷०७६ मा परेको २ सय ५६ उजुरी गरी कुल ३ सय ७८ मध्ये १ सय ८२ उजुरीको फर्छयौट गरी सकेको र बाँकी १ सय ९६ उजुरी छानविनको क्रममा रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, १३ फागुन । 
    अख्तियार अनुसन्धान आयोगले आ.ब. २०७५÷०७६ मा सप्तरी जिल्लाबाट सर्वाधिक २ सय ५६ वटा आर्थिक अनियमितताको उजुरी परेको तथ्याङ्क सार्वजनिक गरेको छ । 
    अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरी कार्यालयद्वारा मंगलबार राजविराजमा आयोजित भ्रष्टाचार नियन्त्रण र शुसासन प्रबद्र्घनका लागि जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरेको हो । 
    आयोगका शाखा अधिकृत गिरीराज भट्टराईले प्रतिवेदन प्रस्तुत गर्दै १ सय ४९ वटा उजुरी स्थानिय तहमा भएको आर्थिक अनियमितताका रहेको जानकारी दिए । 
    उनले पुरानो सरेर आएको १ सय २२ तथा आर्थिक वर्ष २०७५÷०७६ मा परेको २ सय ५६ उजुरी गरी कुल ३ सय ७८ मध्ये १ सय ८२ उजुरीको फर्छयौट गरी सकेको र बाँकी १ सय ९६ उजुरी छानविनको क्रममा रहेको बताए । 
    कार्यक्रममा आयोगको ईटहरी कार्यालयका प्रमुख चक्र बहादुर बुढाले आर्थिक अनियमितता र भ्रष्टाचार विषयमा आयोगमा परेको उजुरी तथा गुनासाका आधारमा सुक्ष्म अनुसन्धान गरी आयोगले निष्पक्ष ढंगले कार्यवाही प्रकृया अघि बढाउने गरेको बताए । उनले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागी आयोगले गर्ने गरेको गतिविधिमा सवैले सहयोग गर्नुपर्नेमा जोड समेत दिए । 
    यता अधिकांस जनप्रतिनिधिले पुरानो रिसीईवी र राजनैतिक आस्थाका आधारमा आयोगमा झुठा उजुरी पर्ने क्रम पनि बढेको दावी र चिन्ता व्यक्त गर्दै छानविन पश्चात् उजुरी झुठा ठहरिए त्यस्ता उजुरीकर्तालाई पनि कार्यवाही हुनुपर्ने सुझाव दिएका थिए । 
    उनीहरुले स्थानीय तहमा कर्मचारी अभावलाई परिपूर्ती गर्न ध्यानाकर्षण गराउँदै अख्तियारले गाउँस्तरिय कार्यक्रमको आयोजना हुनुपर्ने लगायतका सुझाव समेत दिए । 
    कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख सतिश सिंह, रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादव, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा लगायतले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अवलम्बन गर्नुपर्ने उपायबारे समेत आ–आफनो सुझाव दिएका थिए ।  
    कार्यक्रममा विभिन्न स्थानिय तहका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्थाका प्रमुख, शिक्षक, पत्रकार लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानुन व्यवसायीद्वारा प्रदर्शन
कानुन व्यवसायीद्वारा प्रदर्शन
स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 
स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते 
आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै,  एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर
आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै,  एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर
जिल्ला प्रशासन कार्यालयको ‘शाहीकालिन उर्दी’ फिर्ता नलिए पत्रकार महासंघ बिरोधमा उत्रने
जिल्ला प्रशासन कार्यालयको ‘शाहीकालिन उर्दी’ फिर्ता नलिए पत्रकार महासंघ बिरोधमा उत्रने
चार किल्ला तोकेर राजविराज नगर क्षेत्रमा सात दिनका लागि निषेधाज्ञा थप
चार किल्ला तोकेर राजविराज नगर क्षेत्रमा सात दिनका लागि निषेधाज्ञा थप
गाई÷भैंसी पालनमा युवाहरूलाई आकर्षित गराउनुपर्नेमा जोड 
गाई÷भैंसी पालनमा युवाहरूलाई आकर्षित गराउनुपर्नेमा जोड 
सरकारबिरुद्ध काँग्रेसको प्रदर्शन
सरकारबिरुद्ध काँग्रेसको प्रदर्शन
अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार
अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार
जेसीजद्वारा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न
जेसीजद्वारा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न
बालबालिका केन्द्रित फुटवल क्लिनिक सुरु
बालबालिका केन्द्रित फुटवल क्लिनिक सुरु

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह