सप्तरीमा रगतको अभाव

राजविराज राजविराज
|
मंगलबार, जेठ २७, २०७७
|
|
८५ पटक हेरिएको
Shares
सप्तरीमा रगतको अभाव

सारांश

  • रगतको अभावले विशेष गरि ग्रामिण भेगका सुत्केरी महिला र अन्य बिरामीलाई समस्या भइरहेकोले सहयोग गर्न विभिन्न संघ संस्थाहरुलाई रक्तसंचार सेवा केन्द्रले आग्रह समेत गरेको छ ।
  •   यता सामाजिक नागरिक उत्तरदायित्व अन्तरगत एक गैरसरकारी संस्थाले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
  •       “रक्तदान जिवनदान, रगतको अभावमा कसैले नगुमाओस् ज्यान” भन्ने नाराका साथ ग्रिन नेपाल नामक संस्थाले छिन्नमस्ता अस्पताल तथा रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
    सप्तरी जिल्लास्थित रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव भएको छ ।
रगतको अभावले विशेष गरि ग्रामिण भेगका सुत्केरी महिला र अन्य बिरामीलाई समस्या भइरहेकोले सहयोग गर्न विभिन्न संघ संस्थाहरुलाई रक्तसंचार सेवा केन्द्रले आग्रह समेत गरेको छ । 
यता सामाजिक नागरिक उत्तरदायित्व अन्तरगत एक गैरसरकारी संस्थाले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 
    “रक्तदान जिवनदान, रगतको अभावमा कसैले नगुमाओस् ज्यान” भन्ने नाराका साथ ग्रिन नेपाल नामक संस्थाले छिन्नमस्ता अस्पताल तथा रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो । रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । 
एकातिर कोरोनाको त्रास, अर्कोतिर बढ्दो गर्मीसँगै बिरामीको चाप ह्वातै बढेपछि रक्तसंचार केन्द्रमा रगतको चरम अभाव भएको केन्द्रका इन्चार्ज नविन झाले बताएका छन् । 
    यस्तै ग्रिन नेपालका अध्यक्ष खेलानन्द दासले जिल्लाको एक मात्र रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव भएपछि रगत अभावमा कुनै पनि व्यक्तिको मृत्यु नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । 
    स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालको हाताभित्र रेडक्रस सोसाइटी शाखा सप्तरीद्वारा संचालित उक्त रक्तसंचार सेवा केन्द्रमा लकडाउन लागु भए यतादेखी रगतको चरम अभाव भएको हो ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा ३ प्रतिशत मात्र धान रोपाई 
छिन्नमस्ता भगवती मन्दिरको दशैंमा १५ लाख आम्दानी
छिन्नमस्ता भगवती मन्दिरको दशैंमा १५ लाख आम्दानी
अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग 
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग 
बबिता र मनोजबीचको अन्तरजातिय प्रेम विवाहले लियो नयाँ मोड, जन्मदर्ताका अनुसार बबिताको उमेर १३ वर्ष 
बबिता र मनोजबीचको अन्तरजातिय प्रेम विवाहले लियो नयाँ मोड, जन्मदर्ताका अनुसार बबिताको उमेर १३ वर्ष 
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
कोशी प्रदेश नामाकरण  अस्वीकार ः उपेन्द्र यादव
कोशी प्रदेश नामाकरण  अस्वीकार ः उपेन्द्र यादव
गौंबंश संरक्षणको माँग गर्दै राजविराजमा खवरदारी ¥याली
गौंबंश संरक्षणको माँग गर्दै राजविराजमा खवरदारी ¥याली
सप्तरीका दुई पालिकामा गरिएको तालाबन्दी खोलियो
सप्तरीका दुई पालिकामा गरिएको तालाबन्दी खोलियो
असहाय, विपन्न, अशक्त तथा बृद्घबृद्घालाई कम्बल बितरण
असहाय, विपन्न, अशक्त तथा बृद्घबृद्घालाई कम्बल बितरण