राजविराज÷राजविराजस्थित राजदेवी माविको क्वारेन्टाइनमा रहेकी एक १६ वर्षिया यूवती पिसिआर परिक्षण रिपोर्ट नआउँदै भागेकी छिन् ।
बिहीबार मध्यरात क्वारेन्टाइनबाट भागेकी उनी दुई महिनाको गर्भवती समेत रहेको उक्त क्वारेन्टाईनका इन्चार्ज एवं स्वास्थ्यकर्मी हरिवंश यादवले जानकारी दिएका छन् ।
शुक्रबार बिहान क्वारेन्टाईनमा बसेकाहरुको गणना गर्ने क्रममा उनी फरार रहेको खुलेको उनको भनाई छ । गर्भवति भएकाले उनलाई छुट्टै कोठामा एक्लै राखिएको थियो । एक्लै भएकाले ढोका खोली रातीको समयमा विद्यालयको पछाडीपटी रहेको पर्खाल नाघेर भागेको हुन सक्ने अनुमान गरिएको छ ।
परिवारिक श्रोतका अनुसार गत माघ १३ गते सीमावर्ती भारतको कमलपुर ग्राम पंचायतका एक यूवासँग भागेर उनी दिल्ली गएको र जेठ २५ गते उनी एक्लै घर फर्केकी थिइन् । सोही दिन उनलाई क्वारेन्टाइनमा लगिएको थियो ।
यसरी क्वारेन्टाइनबाट भागेकाहरु समुदायको सम्पर्कमा आउँदा जोखि झनै बढ्ने भन्दै स्थानियले चिन्ता व्यक्त गरिरहेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले भागेको यूवतीको माइत र अन्य आफन्त कहाँ खोजि गरिए पनि फेला नपरेको जनाउँदै खोजतलास जारि रहेको बताए ।
यसअघि सोही क्वारेन्टाइनबाट गत मंगलबार पिसिआर रिपोर्ट नआउँदै राजविराज १ निवासी ३२ वर्षिय यूवक भागेका थिइ । उनलाई पछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि प्रहरीले घरबाटै नियन्त्रणमा लिई आइसोलेशनमा पठाएको थियो ।
यस्तै बैशाख १९ गते पनि डाक्नेश्वरी नगरपालिकास्थित विद्यालयको क्वारेन्टाइनबाट एक १९ वर्षिय यूवा भागेर घर पुगेका थिए । त्यसको भोली पल्टै छरछिमेकले सम्झाई बुझाई उनलाई पुनः क्वारेन्टाइनमै फिर्ता पठाएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले क्वारेन्टाइनमा राखिएका आशंकितहरुको स्वाब संकलन तथा प्रारम्भिक उपचारका लगि स्वास्थ्यकर्मीहरु खटाइएको भन्दै सुरक्षाको जिम्मेवारी प्रहरीको रहेको बताए ।
क्वारेन्टाइनबाट एक गर्भवती यूवती भागिन्, संक्रमणको जोखिम बढ्दै
सारांश
- परिवारिक श्रोतका अनुसार गत माघ १३ गते सीमावर्ती भारतको कमलपुर ग्राम पंचायतका एक यूवासँग भागेर उनी दिल्ली गएको र जेठ २५ गते उनी एक्लै घर फर्केकी थिइन् ।
- सोही दिन उनलाई क्वारेन्टाइनमा लगिएको थियो ।
- यसरी क्वारेन्टाइनबाट भागेकाहरु समुदायको सम्पर्कमा आउँदा जोखि झनै बढ्ने भन्दै स्थानियले चिन्ता व्यक्त गरिरहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया