घरधनीद्वारा एनएमबी लघुवित्तलाई घरभाडा छुट 

राजविराज राजविराज
|
बिहिबार, आषाढ २५, २०७७
|
|
२३ पटक हेरिएको
Shares
घरधनीद्वारा एनएमबी लघुवित्तलाई घरभाडा छुट 

सारांश

  •     कारोना भाइरसको महामारीका कारण जारी लकडाउनमा सबै क्षेत्रलाई पारेको असरलाई ध्यानमा राखी घरधनी मुंगावत्ती चौधरीले चालु आ.
  • ब.
  • को असार महिनाको घरभाडा छुट दिएकी हुन् ।

दैनिक समाचारदाता
राजविराज, २५ असार । 
    सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ४ कदमाहामा रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयलाई घरधनीले घरभाडामा छुट दिएको छ । 
    कारोना भाइरसको महामारीका कारण जारी लकडाउनमा सबै क्षेत्रलाई पारेको असरलाई ध्यानमा राखी घरधनी मुंगावत्ती चौधरीले चालु आ.ब.को असार महिनाको घरभाडा छुट दिएकी हुन् । 
    शाखा कार्यालयका प्रमुख राजीव कर्णले घरधनी चौधरीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समाजमा उदाहरणीय कार्य गरेको बताए । 
    शाखा प्रमुख कर्णले लकडाउनको समय भित्रै केही घरधनीले घरभाडा नदिई घरबाट निकाल्नुका साथै दिईरहेको अन्य सुविधाबाट वञ्चित गर्ने जस्ता अमानविय कार्यलाई घरधनी चौधरीले चुनौती दिँदै सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा वित्तिय संस्थाले उनीप्रति आभार प्रकट गरेको बताए ।  
    यता घरधनी चौधरीले लकडाउनले सबैलाई आर्थिक तथा सामाजिक रुपमा हतोत्साही गरेको यस्तो संकटको घडीमा आफुले पनि संस्थाको समस्या बुझेर घरभाडमा छुट दिएको बताउँदै समाजमा बसेर एक अर्काको साथ दिनुको विकल्प नरहेकोले यस संकटको घडीमा सबै मिलेर अघि बढनु पर्ने सुझाव समेत दिइन् ।
    कास्की जिल्लाको पोखरा उपमहानगरपालीका २५ हेम्जामा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले देशका ५६ वटा जिल्लामा १०० वटा शाखा कार्यालयहरुबाट आफ्ना ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गदै आइरहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लघुवित्तिय संस्था विरुद्ध प्रदर्शन
लघुवित्तिय संस्था विरुद्ध प्रदर्शन
बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट
सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु 
सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु 
दुई प्रमुख प्रशासकीय अधिकृत, एक वर्तमान वडाअध्यक्षसहित  १९ जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
दुई प्रमुख प्रशासकीय अधिकृत, एक वर्तमान वडाअध्यक्षसहित  १९ जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
आइसोलेशनमा तोडफोडपछि तनाव, आइसोलेशनमा खटिएका चार जना स्वास्थ्यकर्मी पनि संक्रमित
आइसोलेशनमा तोडफोडपछि तनाव, आइसोलेशनमा खटिएका चार जना स्वास्थ्यकर्मी पनि संक्रमित
अपाङता भएकालाई लत्ताकपडा र भाडाकुडा बितरण
अपाङता भएकालाई लत्ताकपडा र भाडाकुडा बितरण
छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
भारी वर्षापछि बलानमा कटान, ब्यारेजको ३३ वटा ढोका खुल्यो
भारी वर्षापछि बलानमा कटान, ब्यारेजको ३३ वटा ढोका खुल्यो
बाबुआमाको एचआइभी एड्सबाट मृत्युपछि  छोरीपनि सोही समस्याले सिकिस्त 
बाबुआमाको एचआइभी एड्सबाट मृत्युपछि  छोरीपनि सोही समस्याले सिकिस्त