अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै

राजविराज राजविराज
|
सोमबार, मंसिर २४, २०७५
|
|
७१ पटक हेरिएको
Shares
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै

सारांश

  •     जानकी मन्दिर पुगेका जन्तीलाई जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवले मन्दिरको प्रवेश द्वारमा पुगेर स्वागत गरेका छन् ।
  •     अयोध्याबाट राजा दशरथको रूपमा गुजरात डाकौर दाउजी मन्दिर तथा मुम्बईको मलाडस्थित हनुमान डेगरी तथा मंगल पीठाधिश्वर याग्यिक सम्राट वैदिक सनातन धर्म संरक्षक आचार्य माधवाजी आचार्य आइपुगेका छन् ।
  •     गुरू वशिष्ठको भूमिकामा अखिल भारतीय श्रीपञ्च १३ भाई त्यागी महन्थ बृजमोहन दासजी महाराज आएका छन् ।

    सीताराम विवाह पञ्चमी महामहोत्सवका लागि भारतको अयोध्याबाट जन्ती जनकपुरधाम आइपुगेको छ । जन्ती बनेर साधुसन्तको टोली सोमवार अपराह्न जनकपुरधामको जानकी मन्दिरमा आइपुगेको छ ।
    प्रमुख जन्ती भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ मंसिर २६ गते ११ बजे निजी विमानबाट आउँदैछन् भने औपचारिक जन्ती सोमवारै आइपुगेका छन् । घोडासहित २ वटा रथ र बाँकी आधा दर्जन घोडा र १ दर्जन जीपमा जन्ती आइपुगेका हुन् ।
    जन्तीलाई नेपाल–भारतको सीमावर्ती नाका धनुषाको जटहीमै पुगेर जानकी मन्दिरको टोलीले स्वागत गरेको थियो । जन्ती नाकामा पुगेपछि स्थानीयबासीले समेत जन्तीलाई स्वागत गरेका थिए ।
    जानकी मन्दिर पुगेका जन्तीलाई जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवले मन्दिरको प्रवेश द्वारमा पुगेर स्वागत गरेका छन् ।
    अयोध्याबाट राजा दशरथको रूपमा गुजरात डाकौर दाउजी मन्दिर तथा मुम्बईको मलाडस्थित हनुमान डेगरी तथा मंगल पीठाधिश्वर याग्यिक सम्राट वैदिक सनातन धर्म संरक्षक आचार्य माधवाजी आचार्य आइपुगेका छन् ।
    गुरू वशिष्ठको भूमिकामा अखिल भारतीय श्रीपञ्च १३ भाई त्यागी महन्थ बृजमोहन दासजी महाराज आएका छन् ।
    ऋषि विश्वामित्रको भूमिकामा वृन्दावन पानीघाटका महन्थ फुलडौल दासजी महाराज, ऋषि वामदेवको भूमिकामा जग्गनाथपूरी उडिसाको महामण्डलेश्वर स्वामी रामकृष्ण दासजी महाराज, भोपाल लालघाटी आश्रमका महामण्डलेश्वर चन्द्रमा दासजी महाराज २ दिनअघि नै आइसकेका छन् ।
    धनुषाको नगराइन नगरपालिकास्थित जटही नाकामा भारतबाट आएका जन्तीलाई भव्य स्वागत गरिएको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता जटही नाका पुगेर भारतबाट आएका जन्ती तथा अतिथिलाई स्वागत गरेका छन् । भारतीय जन्तीलाई स्वागत गर्न जानकी मन्दिरका उत्तराधिकारी  महन्त रामरोशन दास स्वयं जटही नाका पुगेका थिए ।
    जटही नाकाबाट नगराइन नगरपालिकाको नगराइनस्थित विद्यालयमा भारतीय जन्ती तथा अतिथिलाई केहीबेर विश्राम गराइएको थियो । विश्रामकै क्रममा जन्तीका लागि नगराइन नगरपालिकाका तर्फबाट खाजाको व्यवस्थासमेत गरिएको थियो । भारतीय अतिथि नगराइन नगरपालिका पुगेपछि स्थानीयसमेत स्वागत सत्कारमा जुटेका थिए । यसअघि भारतको अयोध्याबाट महोत्तरी नाकाबाट जन्ती आउने गरेपनि यस वर्ष भने धनुषा नाकाबाट आएका हुन् ।
    गाडी तथा घोडा चढेर पुगेका जन्ती तथा अन्य अतिथिको स्वागतका लागि नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीको नेतृत्वमा प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, नगराइन नगरपालिकाका मेयर परमेश्वर यादव, सहित सयौंको संख्यामा नेता कार्यकर्ता तथा सर्वसाधारण जटही नाका पुगेका थिए ।
    २ दिनअघि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले रामजानकी विवाहोत्सवमा सहभागी हुन आउने जन्ती तथा भारतीय अतिथिको स्वागतका साथै महोत्सव सफल पार्न धनुषा कांग्रेसलाई निर्देशन दिएका थिए ।
तिलकोत्सव हुँदै
    विवाहपञ्चमी अन्तर्गत सोमवार ‘तिलकोत्सव’ भइरहेको छ । जानकी मन्दिरबाट राम मन्दिरमा विभिन्न फलफूल, मिठाई, लुगाकपडा, खाद्यान्न वस्तु सहितको सामग्री सहितको ‘भार’ जानेछ । भार गएपछि तिलकोत्सव कार्यक्रम आयोजन गरिने छ । जानकी मन्दिरबाट महन्थ रामतपेश्वर दास वैष्णव राजा जनकको भूमिकामा जानेछन् । 
    ‘दुवै तर्फका साधुसन्तको उपस्थितिमा भगवान रामलाई टीकाटालो लगाएर तिलकाइने छ, अनि बिहेको साइत टुंगो लाग्नेछ,’ महन्थ रोशन दास वैष्णवले भने, ‘मिथिलामा अझै पनि बिहेको कुरा निश्चित हुनुभन्दा अगाडि दुलाहालाई तिल्काउने गरिन्छ ।’
    तिलकोत्सवका बेला स्थानीय प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारीसँगै ४ वटै सुरक्षा निकायका प्रमुख पनि दुलही पक्षबाट राम मन्दिर पुगेका हुन्छन् । तिलकोत्सवलाई मिथिलामा ‘छेका’ भन्ने गरिन्छ । छेका भयो भने बिहे टुंगिएको मानिन्छ । लोकान्तरबाट

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला
सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला
 विद्यालयको फलामे ढोकाले किचिएर बालकको मृत्यु
 विद्यालयको फलामे ढोकाले किचिएर बालकको मृत्यु
महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न 
महिला हिंसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न 
कुष्ठ रोग निवारण भएको एक दशक बितिसक्दा  पनि राजविराजमा तीन बिरामी फेला परे
कुष्ठ रोग निवारण भएको एक दशक बितिसक्दा  पनि राजविराजमा तीन बिरामी फेला परे
राजावादीहरुले फागुन ३० गते  जनआन्दोलनको मिति घोषणा गर्दै
राजावादीहरुले फागुन ३० गते  जनआन्दोलनको मिति घोषणा गर्दै
सप्तरीको क्षेत्र नं. २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा
सप्तरीको क्षेत्र नं. २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा
प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्छ : काँग्रेस नेता सिटौला
प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्छ : काँग्रेस नेता सिटौला
जलवायु परिवर्तनको चुनौति र स्थानीय तहको भूमिका
जलवायु परिवर्तनको चुनौति र स्थानीय तहको भूमिका
दलित छात्रावासको शिलान्यास 
दलित छात्रावासको शिलान्यास 
कारागार प्रशासनले अतिक्रमित जग्गा खाली  गर्न गरेको निर्णयको बिरोध गर्दै प्रदर्शन 
कारागार प्रशासनले अतिक्रमित जग्गा खाली  गर्न गरेको निर्णयको बिरोध गर्दै प्रदर्शन