महिला हिंसा बिरुद्ध युवाहरुद्वारा प्रदर्शन

राजविराज राजविराज
|
आइतबार, आश्विन २५, २०७७
|
|
३४ पटक हेरिएको
Shares
महिला हिंसा बिरुद्ध युवाहरुद्वारा प्रदर्शन

सारांश

  •     उनले पीडकलाई उन्मुक्ति दिने भूमिका खेल्न जनप्रतिनिधि तथा त्यसमा संलग्न सबैमाथी घटनाको निष्पक्ष छानबिनद्वारा कारवाही गरिनु पर्ने माँग समेत गरिन् ।
  •       गत भदौं २६ गते जिल्लाको खडक नगरपालिकामा भएको एक घटनामा जनप्रतिनिधी समेत बसी पंचायति गरि रकम दिएर मिलाउन खोजिएको प्रदर्शनकारीको आरोप छ ।
  •       प्रहरीले भने खडक नगरपालिकाको उक्त घटनामा पीडित पक्ष भनिएकाबाट कुटपिटको जोहरी परेका कारण सोही अनुसार अनुसन्धान भइरहेको स्पष्ट पारेको छ ।

    राजविराज÷सप्तरीमा बढ्दो बलात्कार तथा महिला हिंसा बिरुद्ध शनिबार राजविराजमा यूवाहरुले प्रदर्शन गरेका छन् । 
    स्वतन्त्र युवा समूहले आयोजना गरेको कार्यक्रममा यूवाहरुले महिला हिंसामा संलग्नलाई कारवाही गर, बालात्कारीलाई उन्मुक्ति दिन पाइदैन, बलात्कार प्रयासका घटना ढाकछोप गर्न पाइदैन्, बलात्कार प्रयासका घटना मिलाउने जनप्रतिनिधि, नेता र प्रहरीलाई कारवाही गरलगायतका विभिन्न नारा अंकित प्ले कार्डसहित यूवाहरुले प्रदर्शन गरेका हुन् । 
    जिल्लामा महिला हिंसा तथा बलात्कारका घटनाहरु बढीरहेको तथा पंचायतिको नाममा पीडकलाई उन्मुक्ति दिने काम भइरहेको भन्दै दोषिमाथी कारवाहीका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको प्रदर्शनमा सहभागि सुनिता साहले बताईन् । 
    उनले पीडकलाई उन्मुक्ति दिने भूमिका खेल्न जनप्रतिनिधि तथा त्यसमा संलग्न सबैमाथी घटनाको निष्पक्ष छानबिनद्वारा कारवाही गरिनु पर्ने माँग समेत गरिन् । 
    गत भदौं २६ गते जिल्लाको खडक नगरपालिकामा भएको एक घटनामा जनप्रतिनिधी समेत बसी पंचायति गरि रकम दिएर मिलाउन खोजिएको प्रदर्शनकारीको आरोप छ । 
    प्रहरीले भने खडक नगरपालिकाको उक्त घटनामा पीडित पक्ष भनिएकाबाट कुटपिटको जोहरी परेका कारण सोही अनुसार अनुसन्धान भइरहेको स्पष्ट पारेको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अविश्वास प्रस्तावको समर्थन  गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
अविश्वास प्रस्तावको समर्थन  गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 
यति तपाईं बियर पिउँदै हुनुहुन्छ भने सचेत रहनुहोस् !
यति तपाईं बियर पिउँदै हुनुहुन्छ भने सचेत रहनुहोस् !
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
मविव क्याम्पस राजविराजको प्रमुखमा डा. कर्ण नियुक्त
मविव क्याम्पस राजविराजको प्रमुखमा डा. कर्ण नियुक्त
मिस्टर एण्ड मिस सप्तरी प्रतिक र अञ्जली
मिस्टर एण्ड मिस सप्तरी प्रतिक र अञ्जली
कोशी नदीमा रेलिङ भत्काउँदै ट्रक खस्यो, तीनै जनाको सकुशल उद्दार
कोशी नदीमा रेलिङ भत्काउँदै ट्रक खस्यो, तीनै जनाको सकुशल उद्दार
सूर्यनाथ पुन: माओवादीमै फर्किए
सूर्यनाथ पुन: माओवादीमै फर्किए
जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ 
जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ 
प्रतिनिधिसभा पुनस्र्थापना  भएकोमा मैनवत्ति प्रज्जवलन
प्रतिनिधिसभा पुनस्र्थापना  भएकोमा मैनवत्ति प्रज्जवलन