महामारीको समयमा पनि बैंकर्सले व्यापारीलाई सहुलियत दिएनन् ः उवास अध्यक्ष प्रधान, व्यापारीलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक २१, २०७७
|
|
२० पटक हेरिएको
Shares
महामारीको समयमा पनि बैंकर्सले व्यापारीलाई सहुलियत दिएनन् ः उवास अध्यक्ष प्रधान, व्यापारीलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो

सारांश

  •     आयोजित कार्यक्रममा संघका अध्यक्ष अरुण प्रधानले कोरोना महामारीका कारण उधोग ब्यवसायीलाई ठुलो समस्यामा परेको बताउँदै बित्तिय संस्थाहरुले समेत दुःखको यस घडीमा ऋणी व्यवसायीलाई सहयोग नगरेको दुखेसो पोखे ।
  •       उनले ९ महिनाको महामारीको अवधीमा पनि ब्यापारीहरुले बैंकहरूबाट ऋणको ब्याजमा कुनै सहुलित नपाएको गुनासो गरे ।
  •     उनले भने, “उधोग ब्यवसाय मारमा परेका छन्, सरकारले ब्याज तिर्ने दायरा नबढाएकोले व्यापारी ठुलो समस्यामा पर्दा अहिले ब्यापार चलायमान गतिमा बढेको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक । 
    उधोग बाणिज्य संघ सप्तरीले तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
    आयोजित कार्यक्रममा संघका अध्यक्ष अरुण प्रधानले कोरोना महामारीका कारण उधोग ब्यवसायीलाई ठुलो समस्यामा परेको बताउँदै बित्तिय संस्थाहरुले समेत दुःखको यस घडीमा ऋणी व्यवसायीलाई सहयोग नगरेको दुखेसो पोखे । 
    उनले ९ महिनाको महामारीको अवधीमा पनि ब्यापारीहरुले बैंकहरूबाट ऋणको ब्याजमा कुनै सहुलित नपाएको गुनासो गरे ।
    उनले भने, “उधोग ब्यवसाय मारमा परेका छन्, सरकारले ब्याज तिर्ने दायरा नबढाएकोले व्यापारी ठुलो समस्यामा पर्दा अहिले ब्यापार चलायमान गतिमा बढेको छ ।” सरकारले उधोगी व्यापारीको हितमा सम्बोधन गर्नुपर्ने तथा बैंकर्सहरुबाट ब्याजमा सहुलियत प्रदान गर्नतर्फ ध्यानाकर्षण गराए । 
    यस्तै जिल्लाका व्यापारीहरु अहिले प्रहरी, प्रशासनबाट समेत अनावश्यक दुःख पाइरहेको बताउँदै भन्सार कटाएर ल्याएका सामानहरु पनि प्रहरीले अवैध भनि पक्राउ गर्दै राजश्व कार्यालयमा पठाउने कार्यलाई उनले रोक्नु पर्ने माँग गरे । 
    सोही कार्यक्रममा प्रमुख अतिथिको आसननबाट बोल्दै नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले व्यापारीहरुले व्यापार प्रयोजनका लागि विभिन्न बैंकहरुबाट लिएको ऋणमा कोरोना महामारीको समयमा सहुलियत पाउनु पर्नेमा जोड दिए । उनले प्रहरी प्रशासनबाट व्यापारीलाई अनावश्यक दुःख दिने कार्य समेतलाई तुरुन्त बन्द गर्नु पर्ने माग गरे । 
    उनले भन्सार बुझाएर ल्याउने सामानहरुको भन्सार कार्यालयसँग समन्वय गर्दै कागजात हेरेर प्रहरीले छोड्नु पर्ने तथा भन्सार छलेका सामानहरु कानुन अनुसार कारवाहीको प्रक्रियामा जानु पर्ने सुझाव समेत दिए । 
    सघका अध्यक्ष अरूण प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बरिष्ठ पत्रकार शिवहरी भट्राई, बैजनाथ झालगायत दर्जनौ संचारकर्मीहरू उपस्थिति रहेको थियो ।
    सो अवसरमा उधोग बाणिज्य संघका अध्यक्ष प्रधानले कोरोना महामारीबाट बच्न संचारकर्मिहरूलाई मास्क तथा सेनिटाईजर बितरण गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकतामा कीर्ते गरि ठगि धन्दा चलाएका दुई पक्राउ 
नागरिकतामा कीर्ते गरि ठगि धन्दा चलाएका दुई पक्राउ 
पचास लाख बढीको अवैध मालसमान बरामद, चोरी तस्करीमा संलग्न एक महिलासहित १३ पक्राउ
पचास लाख बढीको अवैध मालसमान बरामद, चोरी तस्करीमा संलग्न एक महिलासहित १३ पक्राउ
मेला हेर्न गएका अजिम ६ दिनदेखी वेपत्ता
मेला हेर्न गएका अजिम ६ दिनदेखी वेपत्ता
छठ पर्वको धुमधाम साथ तयारी
छठ पर्वको धुमधाम साथ तयारी
आजदेखि एसईई परीक्षा, परीक्षा मर्यादित होस्
आजदेखि एसईई परीक्षा, परीक्षा मर्यादित होस्
खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य
खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य
तिलाठीमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य  चौकी र वडा कार्यालय निर्माण हुने
तिलाठीमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य  चौकी र वडा कार्यालय निर्माण हुने
सात उम्मेदवार मध्ये एकको आज भाग्य फैसला हुदै
सात उम्मेदवार मध्ये एकको आज भाग्य फैसला हुदै
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा  संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै
एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै