दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
कोशी पीडित उत्थान समाज सुनसरी, उदयपुर र सप्तरीले कोशी पीडितहरुले तीन पुस्तादेखी मुआब्जा र क्षतिपूर्ति माग्दै आएपनि हालसम्म नपाएको भन्दै बिहीबार १२ बुँदे संयुक्त अपील जारि गरेका छन् ।
कोशी पीडित उत्थान समाज सुनसरी, उदयपुर र सप्तरीका अध्यक्ष काशिम अन्सारीले बिहीबार सरोकारवालासहित सर्वसाधारणलाई समेत सो अपील बितरण गर्दै सहयोगका लागि अपील गरेका हुन् ।
भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृगला दुई दिने औपचारिक भ्रमणका क्रममा बिहीबार नेपाल आएको अवसर पारेर जारि गरिएको १२ बुँदे अपीलमा कोशी पीडितहरुले भोग्नु परेको पीडा र समस्याको बारेमा भारतीय पक्ष समक्ष गम्भिर ध्यानाकर्षण गराई दिन समेत सरकारलाई आग्रह गरिएको छ ।
कोशी सम्झौताको कार्यान्वयनसहितका १२ बुँदे अपिल पत्रमा सप्तकोशीमा पुल निर्माणका क्रममा भारतले अधिग्रहण गरेको सुनसरी, उदयपुर र सप्तरीवासीको हजारौं विगहा नम्बरी जग्गाको मुआब्जा र बालिको क्षतिपूर्ती ७० वर्ष नाघिसक्दा पनि नपाएको उल्लेख गरिएको छ ।
भारत सरकारले कोशी सम्झौता अनुसार वर्षे पिच्छे कोशी कटानबाट पीडितलाई दिनुपर्ने क्षतिपूर्ती नदिएर अन्याय गरेको भन्दै तीन वटै जिल्लाका कोशी पीडितहरु पटक पटक आन्दोलन गर्दै आएका छन् । तर, हालसम्म आश्वासन बाहेक केही नपाइएको अध्यक्ष अन्सारीको भनाई छ ।
अर्का कोशी पीडित मो. इर्सादका अनुसार २०७१ साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका बेला दुई देशका प्रधानमन्त्रीबीच कोशीको समस्या समाधान गर्ने सहमति भएपनि त्यो अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन् ।
मुआब्जाका लागि सुनसरी, उदयपुर र सप्तरीका कोशी पीडितहरु संगठित रुपमै दशकौंदेखी चरणबद्ध आन्दोलन गर्दै आएका छन् । यद्दपी नेपाल तथा भारतका सरकारले आफूहरुको माँग र मुद्दाप्रति खासै चासो सम्म देखाउन नसकेको पीडितहरुले आरोप लगाउँदै आएका छन् ।
सुनसरी तथा सप्तरी जिल्लाको सीमामै पर्ने सप्तकोशी ब्यारेज निर्माणका क्रममा भारत सरकारले नेपालतर्फका हजारौं विगहा नम्बरी जग्गा अधिग्रहण गरेको थियो । तर, सम्झौता अनुसार उक्त जग्गाको मुआब्जा तथा बालिनालीको क्षतिपूर्ति अझै पाउन नसक्दा कोशी ब्यारेज निर्माणका क्रममा बिस्थापनमा परेका सुनसरी, उदयपुर र सप्तरीका हजारौं पीडितहरु दशकौंदेखी मुआब्जा माग्दै संघर्षरत छन् ।
कोशी पीडितद्वारा मुआब्जा र क्षतिपूर्तीका लागि भारतीय पक्षलाई ध्यानाकर्षण
सारांश
- कोशी पीडित उत्थान समाज सुनसरी, उदयपुर र सप्तरीका अध्यक्ष काशिम अन्सारीले बिहीबार सरोकारवालासहित सर्वसाधारणलाई समेत सो अपील बितरण गर्दै सहयोगका लागि अपील गरेका हुन् ।
- भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृगला दुई दिने औपचारिक भ्रमणका क्रममा बिहीबार नेपाल आएको अवसर पारेर जारि गरिएको १२ बुँदे अपीलमा कोशी पीडितहरुले भोग्नु परेको पीडा र समस्याको बारेमा भारतीय पक्ष समक्ष गम्भिर ध्यानाकर्षण गराई दिन समेत सरकारलाई आग्रह गरिएको छ ।
- कोशी सम्झौताको कार्यान्वयनसहितका १२ बुँदे अपिल पत्रमा सप्तकोशीमा पुल निर्माणका क्रममा भारतले अधिग्रहण गरेको सुनसरी, उदयपुर र सप्तरीवासीको हजारौं विगहा नम्बरी जग्गाको मुआब्जा र बालिको क्षतिपूर्ती ७० वर्ष नाघिसक्दा पनि नपाएको उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया