ग्लोबल २१ औं वर्षमा प्रवेश

राजविराज राजविराज
|
शुक्रबार, पौष ३, २०७७
|
|
५४ पटक हेरिएको
Shares
ग्लोबल २१ औं वर्षमा प्रवेश

सारांश

  •     सो अवसरमा अध्यक्ष सुखराम यादवले संस्थामा उत्कृष्ट काम गर्ने कर्मचारीदेखी स्वमसेवकसम्मलाई कदर पत्रबाट सम्मान गरेका छन् ।
  •     साधारण सभामा अध्यक्ष यादवद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार संस्थाले आ.
  • ब.

दैनिक समाचारदाता
राजविराज, ३ पुस । 
    ग्लोबल बहुमुखी सहकारी संस्था लि. राजविराजको शुक्रबार २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
    सो अवसरमा अध्यक्ष सुखराम यादवले संस्थामा उत्कृष्ट काम गर्ने कर्मचारीदेखी स्वमसेवकसम्मलाई कदर पत्रबाट सम्मान गरेका छन् ।
    साधारण सभामा अध्यक्ष यादवद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार संस्थाले आ.ब. २०७६÷७७ मा २७ करोड ८६ लाख १२ हजार ९ सय रुँपैया निक्षेप संकलन तथा २६ करोड ५६ लाख ५३ हजार ३ सय ६४ रुँपैया निक्षेप फिर्ता गरि १५ करोड १७ लाख ८५ हजार ६ सय ५४ रुँपैया ऋण लगानी गरेको छ ।
    यस अवधीमा संस्थाले ४३ करोड ७३ लाख ६६ हजार ५ सय १३ रुँपैयाको कारोबार गरि १ लाख ५३ हजार २ सय रुँपैया खुद मुनाफा गर्न सफल भएको छ । २०७५ साल पुस २ गतेदेखी गरिबी निवारण, महिला स्वरोजगार, अनुसन्धान र विकास, बचत तथा ऋण लगायतका विभिन्न कार्यक्रम लिएर संचालनमा आएको सो संस्थाले हाल जिल्लाको सबै १८ वटै स्थानिय तहमा सेवा बिस्तार गरिसकेको छ । 
    कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक राजविराजका संचालक विश्वनाथ मण्डलले लामो समयदेखी शिक्षा, स्वास्थ्य, स्वरोजगार, गरिबी निवारण र आय आर्जनका क्षेत्रमा काम गर्दै आएका संस्थाले भावी दिनमा पनि अझ प्रभावकारी ढंगले आफ्ना कार्यक्रमहरु अघि बढाउन सकोस् भन्ने कामनासहित शुभकामना दिएका थिए ।
    कार्यक्रममा लेखा संयोजक उमेश प्रसाद यादवले लेखा प्रतिवेदन तथा लघु बित्त प्रमुख पंकज पोखरेलले भावी नीति तथा कार्यक्रम बारे जानकारी गराएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु 
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु 
बम काण्डको दोषि ठहर गर्दै संजय  साहसहित सात जनालाई जन्मकैद 
बम काण्डको दोषि ठहर गर्दै संजय  साहसहित सात जनालाई जन्मकैद 
मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
आफु खुशी उम्मेदबार भएको भन्दै सामाजिक संजालमा प्रचार गर्नेलाई कारवाही गरिने ः जसपा
आफु खुशी उम्मेदबार भएको भन्दै सामाजिक संजालमा प्रचार गर्नेलाई कारवाही गरिने ः जसपा
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने
राजविराजमा मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता हुने
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा निःशुल्क धानबालीको कटान सुरु
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा निःशुल्क धानबालीको कटान सुरु
उपचार खर्च तिर्न नसक्दा शव तीन दिनदेखी अस्पतालमै
उपचार खर्च तिर्न नसक्दा शव तीन दिनदेखी अस्पतालमै
छोरीलाई नियमित विद्यालय ल्याउन  सेनेटरी प्याड र झोला बितरण
छोरीलाई नियमित विद्यालय ल्याउन  सेनेटरी प्याड र झोला बितरण
एकै दिन ६ महिलाद्वारा आत्महत्याको प्रयास
एकै दिन ६ महिलाद्वारा आत्महत्याको प्रयास