स्नान गर्न तथा मेला भर्न सप्तकोशीमा भिड

राजविराज राजविराज
|
बिहिबार, माघ १५, २०७७
|
|
४० पटक हेरिएको
Shares
स्नान गर्न तथा मेला भर्न सप्तकोशीमा भिड

सारांश

  •     अत्याधिक चिसोको मौसमका बाबजुद कोशी ब्यारेजमा कोशी स्नान तथा मेला भर्न आउनेहरुको ठूलै घुइचो लागेको थियो ।
  • बिहानैदेखि बयलगाडा, मोटरसाइकल, रिक्सा, ई–रिक्सा, साइकल, अन्य साना तथा ठूला सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नान गर्नका लागि आउनेहरुको घुइचो लागेको हो ।
  •       पौष शुक्ल पूर्णिमाको तिथिमा लाग्ने एक दिने पुसि पुर्णिमा मेलामा नेपालका साथै भारतका हजारौं श्रद्धालुहरुको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १५ माघ । 
    कोशी पूर्णिमाको अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ भारदहस्थित कोशी ब्यारेजमा बिहीबार बिहानैदेखिस्नान र मेला भर्नेहरुको घुइचो लागेको छ । 
    अत्याधिक चिसोको मौसमका बाबजुद कोशी ब्यारेजमा कोशी स्नान तथा मेला भर्न आउनेहरुको ठूलै घुइचो लागेको थियो । बिहानैदेखि बयलगाडा, मोटरसाइकल, रिक्सा, ई–रिक्सा, साइकल, अन्य साना तथा ठूला सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नान गर्नका लागि आउनेहरुको घुइचो लागेको हो । 
    पौष शुक्ल पूर्णिमाको तिथिमा लाग्ने एक दिने पुसि पुर्णिमा मेलामा नेपालका साथै भारतका हजारौं श्रद्धालुहरुको उपस्थिति रहेको थियो । यस तिथिमा कोशी स्नान गर्दा गंगा स्नान सरह पूण्य मिल्ने र पाप मोचन हुने जनविश्वासका साथ श्रद्धालुहरु स्नानका लागि आउने गर्दछन् । 
    कोशी ब्यारेज आसपास क्षेत्रका समेत नरनारीको हजारौंको संख्यामा उपस्थिति रहेको थियो । घरका आवश्यक सरसामान तथा कृषि कार्यमा आवश्यक पर्ने सामानहरुको विशेष आकर्षण रहने गरेको यस मेलामा सबै वर्गका मानिसको उपस्थिति रहने गर्दछ । यसका साथै कोशी स्नान गरेर दही, च्युरा, जिलेबी तथा अन्य मिठाईहरु लगायतका सात्विक भोजन गर्ने परम्परा रहेको छ ।
    कृषि मेलाको रुपमा समेत प्रचीत मानिएको यो एक दिने मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरुको खरिद बिक्रीका लागि पनि यहाँ कृषि क्षेत्रमा काम गर्ने कृषकसहित सर्वसाधरण मेला गर्न आउने गरेको पाइन्छ ।
    कोशी व्यारेज बाहेक सप्तरीको हनुमाननगर, ईटहरी विष्णुपुर, मेगजीन चुरीया, पथरी, झनकट्टा, मलकोर लगायतका स्थानहरुमा समेत भव्य मेला लागेको थियो ।
    ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी, मोरङ्ग, भारतको बिहार राज्य अन्र्तगत पुर्णिया, मधुवनी, फारबिसगञ्ज, अररिया लगायतका स्थानहरुबाट कोशी स्नान गर्न आउने गरेको भएपनि कोरोना माहामारीका कारण नेपाल–भारत सिमानाका बन्द भएका कारण यसपालि भारतीयहरु उपस्थिति न्युन थियो । 
    यता कोशी मेला भर्नकै लागि हनुमाननगर कंकालिनी नगरपालिकाले बिहीबार एक दिनका लागि सार्वजनिक विदा समेत दिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु
चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु
राजपाद्वारा सहिदका बुबाको क्रियाखर्च वापत रकम प्रदान
राजपाद्वारा सहिदका बुबाको क्रियाखर्च वापत रकम प्रदान
सचेतना अपनाए डराउनु पर्दैन कोरोना भाइरसबाट
सचेतना अपनाए डराउनु पर्दैन कोरोना भाइरसबाट
तिलाठी वालबिवाह मुक्त वडा घोषणा हुदै
तिलाठी वालबिवाह मुक्त वडा घोषणा हुदै
आगलागिले एक दर्जन भन्दा बढी घर खरानी, लाखौंको क्षति, ९ चैपाया मरे
आगलागिले एक दर्जन भन्दा बढी घर खरानी, लाखौंको क्षति, ९ चैपाया मरे
सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास
सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास
छाडा पशु चौपाया नियन्त्रण गर्न नगरपालिका तात्यो
छाडा पशु चौपाया नियन्त्रण गर्न नगरपालिका तात्यो
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण 
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण 
ज्यान मार्ने उद्योगमा एकै परिवारका पाँच जना पक्राउ
ज्यान मार्ने उद्योगमा एकै परिवारका पाँच जना पक्राउ
प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने