दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
राजविराजस्थित भूमीसुधार तथा मालपोत कार्यालयमा बुधबार सेवाग्राहीले हो–हल्ला गरेपछि उक्त कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
कर्मचारी अभावका कारण आधा जसो सेवाग्राही कामै नगराईकन फर्किनु पर्ने आवस्था आएपछि बुधबार सेवाग्राहीहरुले उक्त कार्यालयमा हो–हल्ला गरेका थिए ।
सो कार्यालयमा सुरक्षाका लागि खटिएका प्रहरीले हो–हल्लामा सहभागि पाँच जना सेवाग्राहीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेशवर साहले जानकारी दिएका छन् ।
बिहानैदेखी लाइन लाग्दा पनि काम नभएको भन्दै गुनासो लिएर कार्यालय भित्र छिरेका सेवाग्राही तथा कर्मचारीकाबीच घम्साघम्सी समेत परेको थियो ।
यसैबीच कर्मचारीको अभावले गर्दा दिनहुँ सेवाग्राहीको चाप बढेको तथा काम गर्ने वातावरण समेत नभएको भन्दै निमित्त कार्यालय प्रमुख प्रमोद कुमार यादवले अर्को सूचना नहुन्जेलका लागि कार्यालयको कामकाज बन्द रहने सूचना जारि गरेका छन् ।
सेवाग्राहीले हो–हल्ला गरेपछि मालपोत अनिश्चितकालका लागि बन्द
सारांश
- कर्मचारी अभावका कारण आधा जसो सेवाग्राही कामै नगराईकन फर्किनु पर्ने आवस्था आएपछि बुधबार सेवाग्राहीहरुले उक्त कार्यालयमा हो–हल्ला गरेका थिए ।
- सो कार्यालयमा सुरक्षाका लागि खटिएका प्रहरीले हो–हल्लामा सहभागि पाँच जना सेवाग्राहीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेशवर साहले जानकारी दिएका छन् ।
- बिहानैदेखी लाइन लाग्दा पनि काम नभएको भन्दै गुनासो लिएर कार्यालय भित्र छिरेका सेवाग्राही तथा कर्मचारीकाबीच घम्साघम्सी समेत परेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु
पर्व त्यौहारको आगमनसँगै झाँपको कारोबार बढ्यो
प्रतिक्रिया
० प्रतिक्रिया