तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ६, २०७७
|
|
५० पटक हेरिएको
Shares
तिलाठीमा सप्ताहब्यापी सरस्वती पुजा हुदै

सारांश

  •     बिगत आठ दशभन्दा लामो समयदेखि परम्परागत रुपमा प्रत्येक वर्ष मनाईदै आएको सरस्वती पूजा तथा वसन्त पञ्चमी मेलाको मंगलबार विधिवत रुपमा शुभारम्भ भएको आयोजक समितिका अध्यक्ष समेत रहेका तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मिश्रले जानकारी दिएका छन ।
  •     पाठशालास्थित सरस्वती मन्दिरमा सरस्वतीसहित दर्जन बढी देवी देवताहरुको मुर्ति निर्माण, रंगरोगन, सजावट गरि सोमबार मध्यराति परम्परागत रुपमा देवी देवताहरुको माटोको प्रतिमालाई नेत्रदान गर्दै पुजनोत्सव तथा मेलाको औपचारिक उद्घाटन गरिएको हो ।
  •     मेलालाई अझ आकर्षण प्रदान गर्न यस वर्ष ४ दिन अन्तरराष्ट्रिय कुस्ति दंगल आयोजना गरिने योजना रहेको अध्यक्ष मिश्रले जानकारी गराए ।

दैनिक समाचारदाता
राजबिराज, ५ फागुन ।
    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठीस्थित ऐतिहासिक पाठशाला प्रांगणमा सप्ताहव्यापी सरस्वती पूजनोत्सव एवम् बसन्त पञ्चमी मेला प्रारम्भ भएको छ । 
    बिगत आठ दशभन्दा लामो समयदेखि परम्परागत रुपमा प्रत्येक वर्ष मनाईदै आएको सरस्वती पूजा तथा वसन्त पञ्चमी मेलाको मंगलबार विधिवत रुपमा शुभारम्भ भएको आयोजक समितिका अध्यक्ष समेत रहेका तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मिश्रले जानकारी दिएका छन ।
    पाठशालास्थित सरस्वती मन्दिरमा सरस्वतीसहित दर्जन बढी देवी देवताहरुको मुर्ति निर्माण, रंगरोगन, सजावट गरि सोमबार मध्यराति परम्परागत रुपमा देवी देवताहरुको माटोको प्रतिमालाई नेत्रदान गर्दै पुजनोत्सव तथा मेलाको औपचारिक उद्घाटन गरिएको हो ।
    मेलालाई अझ आकर्षण प्रदान गर्न यस वर्ष ४ दिन अन्तरराष्ट्रिय कुस्ति दंगल आयोजना गरिने योजना रहेको अध्यक्ष मिश्रले जानकारी गराए । 
    मिश्रका अनुसार बिहीबारदेखि आइतबारसम्म सो अवसरमा कुस्ति दंगल, बुधबार मिथिला साहित्य कला प्रतिष्ठानको आयोजनामा साहित्यिक गोष्ठी आयोजना गरिने छ । 
    यसका अतिरिक्त रातिको समयमा प्रत्येक राति (फागुन ४, ५, ६, ७, ८ र ९ गते) मैथिली तथा हिन्दी भाषाका नाटकहरु समेत मञ्चन गरिने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष मिश्रले जानकारी गराए । 
    स्थानीय सरस्वती सास्कृतिक नाट्यकला परिषद् तथा हरगौरी नाट्य कला परिषद्द्वारा नाटक मञ्चनको तयारी अन्तिम चरणमा रहेको दुबै परिषद्का निर्देशकहरुलाई उद्धृत गर्दै उनले जानकारी दिए ।
    तिलाठीमा सरस्वती पूजा गर्न थालिएको बेलादेखि नै नाटक मञ्चन गरिने परम्परा रहि आएको छ । विक्रम सम्बत २००१ सालमा सरस्वती सांस्कृतिक नाट्य कला परिषद्को विधिवत स्थापना गरी रंगमञ्चलाई निरन्तता दिदै आएको सरस्वती सांस्कृतिक नाट्कला परिषद्का निर्देशक अखलेश्वर झाले वताए ।
    स्थानीय बुढापाकाहरुका अनुसार विक्रम सम्बत १९९० को दशकदेखि तिलाठी सरस्वती पूजा मनाउन थालिएको हो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्योगि व्यवसायीको पेशागत हकहितका लागि सहयोग गर्ने साझा प्रतिबद्धता 
उद्योगि व्यवसायीको पेशागत हकहितका लागि सहयोग गर्ने साझा प्रतिबद्धता 
बाढी प्रभावित समुदायमा पानी शुद्विकरण सम्बन्धी अभिमुखिकरण 
बाढी प्रभावित समुदायमा पानी शुद्विकरण सम्बन्धी अभिमुखिकरण 
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय 
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय 
माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध तथा संगठन सुदृढिकरणका लागि दुई महिने अभियान चलाउने
माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध तथा संगठन सुदृढिकरणका लागि दुई महिने अभियान चलाउने
दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र 
दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र 
चार दशकपछि सप्तरीमा  महिला प्रमुख पदमा निर्वाचित 
चार दशकपछि सप्तरीमा  महिला प्रमुख पदमा निर्वाचित 
मलेठ घटनाका सहिदको सम्झनामा आज सार्वजनिक विदा
मलेठ घटनाका सहिदको सम्झनामा आज सार्वजनिक विदा
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा
सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ
सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ
शिक्षा क्षेत्र सुधारका लागि  तत्काल शिक्षक दरबन्दी  ल्याउने ः शिक्षा मन्त्रि यादव
शिक्षा क्षेत्र सुधारका लागि  तत्काल शिक्षक दरबन्दी  ल्याउने ः शिक्षा मन्त्रि यादव

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु