मामाको विवाहमा आएका भान्जाको डुबेर मृत्यु 

राजविराज राजविराज
|
आइतबार, फाल्गुन ९, २०७७
|
|
४२ पटक हेरिएको
Shares
मामाको विवाहमा आएका भान्जाको डुबेर मृत्यु 

सारांश

  •     सो नगरपालिका १ भारदहस्थित मामाको विवाहमा आएका सुपौल निवासी गिदरमारी ग्राम पञ्चायत गिदार मारी बस्ने बिनोद मेहताका अढाई वर्षिय छोरा राजेश मेहता मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       स्थानिय महेन्द्र मेहताका नाति राजेश घरमा कोही नभएको बेला खेल्ने क्रममा घर पछाडी रहेको धाराको पानी जम्ने खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •       मृत्यु भएका बालकको शव गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा पोष्टमार्टमका लागी राखिएको तथा घटना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ९ फागुन । 
    सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिकामा आइतबार एक अढाई वर्षिय बालकको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । 
    सो नगरपालिका १ भारदहस्थित मामाको विवाहमा आएका सुपौल निवासी गिदरमारी ग्राम पञ्चायत गिदार मारी बस्ने बिनोद मेहताका अढाई वर्षिय छोरा राजेश मेहता मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    स्थानिय महेन्द्र मेहताका नाति राजेश घरमा कोही नभएको बेला खेल्ने क्रममा घर पछाडी रहेको धाराको पानी जम्ने खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
    मृत्यु भएका बालकको शव गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा पोष्टमार्टमका लागी राखिएको तथा घटना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?