दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र संविधानलाई जोखिममा पारेकाले नैतिकताको आधारमा पदबाट राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्ने सुझाव दिएका छन् ।
प्रेस युनियन सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको त्रपकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीलाई उक्त सुझाव दिएका हुन् ।
मुलुकको राजनीति निकै तरल अवस्थामा रहेको बताउँदै नेता सिटौलाले अहिले सबै मिलेर ओलीलाई सत्ताबाट बाहिर ल्याई मुलुकलाई संकटबाट जोगाउनु नै पहिलो प्राथमिकता भएको उल्लेख गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संसदीय प्रणाली बिरुद्ध कदम चालेकाले उनीसँग सहकार्य नहुने स्पष्ट समेत नेता सिटौलाले पारे ।
अबको सरकारको नेतृत्व काँग्रेसले लिनु पर्ने देशको आवश्यकता रहेको उल्लेख गर्दै माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर काँग्रेसले सरकारको नेतृत्व गर्ने गरि निरन्तर छलफल र सम्वाद भइरहेको र चाडै परिणाम आउने उनको भनाई छ ।
उनले आफ्नो पार्टी भित्र पनि अबको संयुक्त सरकारको नेतृत्व शेर बहादुर देउवाले नै लिनु पर्ने धारणा बनेको भन्दै देशलाई जोगाउन, संबैधानिक संकट हटाउन र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न पनि बैकल्पिक शक्तिको रुपमा काँग्रेसले नेतृत्व लिनु पर्ने मुलुकको आवश्यकता रहेको बताए । एक अर्को प्रसङ्गमा उनले आगामी भदौं महिनामा हुने तय भएको पार्टीको महाधिवेशन बटम लाइन भएकाले कुनै पनि बहानामा त्यसलाई सार्न नहुने र तोकिएकै समयमा अधिवेशन सम्पन्न हुनुपर्ने धारणा राखे ।
प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर मुलुकलाई संकटबाट निकास दिनुपर्छ : काँग्रेस नेता सिटौला
सारांश
- प्रेस युनियन सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको त्रपकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीलाई उक्त सुझाव दिएका हुन् ।
- मुलुकको राजनीति निकै तरल अवस्थामा रहेको बताउँदै नेता सिटौलाले अहिले सबै मिलेर ओलीलाई सत्ताबाट बाहिर ल्याई मुलुकलाई संकटबाट जोगाउनु नै पहिलो प्राथमिकता भएको उल्लेख गरे ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संसदीय प्रणाली बिरुद्ध कदम चालेकाले उनीसँग सहकार्य नहुने स्पष्ट समेत नेता सिटौलाले पारे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया