आन्दोलनरत कर्मचारीले कलम बुझाएको २० मिनेट मै फिर्ता लिई काममा फर्के 

राजविराज राजविराज
|
बुधबार, पौष ११, २०७५
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  •     राजविराज नगरपालिका कर्मचारीहरुले आ–आफनो कलम प्रमुख प्रशासकिय अधिकृतलाई वुझाएको २० मिनेट न वित्दै कलम फिर्ता लिई काममा फर्केका हुन् ।
  •       पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अनुसार धर्नामा वसेका राजविराज नगरपालिकाका कर्मचारीहरुले विहान १२ वजे सामुहिक रुपमा आ–आफनो कलम निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेश कुमार राजलाई वुझाएका थिए ।
  • तर, २० मिनेट न वित्दै उनीहरु कलम फिर्ता लिइ काममा फर्के ।

दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
    स्थानिय तहका कर्मचारीहरु समायोजन विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रेको ११ औं दिन बुधबार पनि कामकाज ठप्प पारेका छन् । तर, बुधबारै उनीहरु काममा समेत फर्केका छन् । 
    राजविराज नगरपालिका कर्मचारीहरुले आ–आफनो कलम प्रमुख प्रशासकिय अधिकृतलाई वुझाएको २० मिनेट न वित्दै कलम फिर्ता लिई काममा फर्केका हुन् । 
    पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अनुसार धर्नामा वसेका राजविराज नगरपालिकाका कर्मचारीहरुले विहान १२ वजे सामुहिक रुपमा आ–आफनो कलम निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेश कुमार राजलाई वुझाएका थिए । तर, २० मिनेट न वित्दै उनीहरु कलम फिर्ता लिइ काममा फर्के । 
    यता कर्मचारी एशोसिएसनका अध्यक्ष उमेश प्रसाद यादवले सयुक्त आन्दोलन परिचालन समिति काठमाण्डौको निर्देशन अनुसार सात दिनका लागी आन्दोलन स्थगित गरेर काममा फर्किने निर्देशन अनुसार काममा फर्केको जानकारी दिए । 
    उनले सरकार र सयुक्त आन्दोलन परिचालन समिति विच सकारात्मक हिसावले वार्ता सहमति नजिक पुग्न लागेकोले थप गृहकार्यका लागी समय आवश्यक परेकाले सात दिनका लागी आन्दोलन स्थगित गरिएको जानकारी दिए । 
    आन्दोलनका कारण विगत ११ दिनदेखी काम हुन नसकेको नगरपालिकामा बुधबार दिउँसोदेखी काम सूचारु भएको छ भने बिहीबारदेखी सेवाग्राहीहरुले कार्यालयअवधी भरी काम गराउन सक्ने भएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 
सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
राजविराज द किंग्स सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश
राजविराज द किंग्स सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश
रगतको अभाव भएपछि साटासाट प्रणाली लागु 
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
वडा अध्यक्षको निधन
वडा अध्यक्षको निधन
ट्याङकरको ठक्करले दुई बालिकाको ज्यान गयो
ट्याङकरको ठक्करले दुई बालिकाको ज्यान गयो
प्रदेश २ को माटो परीक्षण प्रयोगशाला राजविराजमा स्थापना, माटो परीक्षण गर्न घुम्ती सेवा आरम्भ
प्रदेश २ को माटो परीक्षण प्रयोगशाला राजविराजमा स्थापना, माटो परीक्षण गर्न घुम्ती सेवा आरम्भ
मोटरसाईकल विद्युतीय पोलमा ठोकिदा दुईको मृत्यु, एक गम्भिर 
मोटरसाईकल विद्युतीय पोलमा ठोकिदा दुईको मृत्यु, एक गम्भिर 
बैंक संचालन सम्बन्धी हनुमाननगरमा अन्तरक्रिया सम्पन्न
बैंक संचालन सम्बन्धी हनुमाननगरमा अन्तरक्रिया सम्पन्न