एक सय जनालाई “हिरोज अफ  मधेश” अवार्ड प्रदान गरिने

राजविराज राजविराज
|
शुक्रबार, पौष १३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
एक सय जनालाई “हिरोज अफ  मधेश” अवार्ड प्रदान गरिने

सारांश

  •     नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेशवादका प्रनेता स्व.
  • गजेन्द्र नारायण सिंहको राजविराज ३ स्थित समाधिस्थलमा विहिबार एक कार्यक्रमको आयोजना गरी आयोजक मधेशी पत्रकार समाजका केन्द्रिय अध्यक्ष मोहन सिंहले सो घोषणा गरेका हुन ।
  •       अवार्डका लागी कार्यक्रममा सहभागी हुन पुस मसान्त सम्मका लागी समय सिमा तय गरिएको जानकारी दिदै कार्यक्रम संयोजक समेत रहेका अध्यक्ष सिंहले ईच्छुकहरुलाई समय सिमाभित्र आवेदन दिन आहवान गरे ।

दैनिक समाचारदाता
राजविराज, १२ पुस । 
    विभिन्न क्षेत्रमा योगदान पु¥याउने मधेशका एक सय जनालाई ‘मधेश नायक’ (हिरोज अफ मधेश) अवार्ड बाट सम्मानित गरिने घोषाण गरिएको छ । 
    नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेशवादका प्रनेता स्व. गजेन्द्र नारायण सिंहको राजविराज ३ स्थित समाधिस्थलमा विहिबार एक कार्यक्रमको आयोजना गरी आयोजक मधेशी पत्रकार समाजका केन्द्रिय अध्यक्ष मोहन सिंहले सो घोषणा गरेका हुन । 
    अवार्डका लागी कार्यक्रममा सहभागी हुन पुस मसान्त सम्मका लागी समय सिमा तय गरिएको जानकारी दिदै कार्यक्रम संयोजक समेत रहेका अध्यक्ष सिंहले ईच्छुकहरुलाई समय सिमाभित्र आवेदन दिन आहवान गरे । 
    विदेशमा रहेर मधेश र राष्ट्रका लागी योगदान पु¥याउने व्यक्तित्वहरु समेत अवार्डका लागी आवेदन गर्न पाउने व्यवस्था मिलाएको उनले बताए । 
    भाषा, साहित्य, शिक्षा, स्वास्थ्य, खेलकुद, पत्रकारिता, समाजसेवा लगायतका १० विद्यामा आवार्ड प्रदान गरिने जानकारी दिएका उनले चयन प्रकृया सम्बद्र्घ क्षेत्रका बिज्ञहरुको मुल्यांकन समितिद्वारा आवश्यक मापदण्ड तयार गरी गरिने बताए । 
    उनले मधेशको अधिकारका लागी संगठित अभियानको नेतृत्व गरेका नेता सिंहको राजनीतिक योगदानको सम्झना गर्दै उनकै समाधि स्थलमा आएर कार्यक्रमको घोषणा गरेको बताए । 
    अवार्डका लागी आवेदकहरुबाट प्राप्त डकुमेन्ट, स्थलगत अध्ययन तथा सर्वसाधारणबाट भोटिङ्ग लगायतका प्रकृयाको आधारमा आवार्ड विजेताको चयन गरिने उनको भनाई छ । 
    माघ अन्तिम साता अवार्ड विजेताहरुको नाम सार्वजनिक गरी एक भव्य समारोह विच सम्मान गर्ने कार्यक्रम तय भएको अध्यक्ष सिंहले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको स्वास्थ्य लाभका  लागि दुई दिने धार्मिक अनुष्ठान 
प्रधानमन्त्रीको स्वास्थ्य लाभका  लागि दुई दिने धार्मिक अनुष्ठान 
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सहकारी व्यवसायको संरक्षणमा र प्रवद्र्धनमा  राज्य गम्भीर छैन् ः पूर्व गृहराज्यमन्त्री बास्कोटा
सहकारी व्यवसायको संरक्षणमा र प्रवद्र्धनमा  राज्य गम्भीर छैन् ः पूर्व गृहराज्यमन्त्री बास्कोटा
भारतबाट जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द
भारतबाट जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द
प्रतिष्ठान निर्माणका लागि  प्रशासन कार्यालयको गेटमा धर्ना
प्रतिष्ठान निर्माणका लागि  प्रशासन कार्यालयको गेटमा धर्ना
जग्गा विवादमा घाइते भएका बुवालाई न्याय दिलाउन छोराको आग्रह
जग्गा विवादमा घाइते भएका बुवालाई न्याय दिलाउन छोराको आग्रह
काँग्रेस सप्तरीद्वारा सूचना प्रविधि बिधेयकको बिरोध
काँग्रेस सप्तरीद्वारा सूचना प्रविधि बिधेयकको बिरोध
ठूला पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको उपेन्द्र यादवको आरोप
ठूला पार्टीहरुले मधेश र मधेशी जनतालाई शोषण मात्र गर्दै आएको उपेन्द्र यादवको आरोप
दुई कर्मचारीले दुई जिल्ला धान्दै
दुई कर्मचारीले दुई जिल्ला धान्दै
जनमत पार्टीले कार्यालय प्रमुखलाई  दल्यो कालोमोसो र हिलो
जनमत पार्टीले कार्यालय प्रमुखलाई  दल्यो कालोमोसो र हिलो