दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ खण्डमा शुक्रबार बिहान बसले एम्बुलेन्सलाई ठक्कर दिदा एम्बुलेनस चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आइरहेको ना.६ख. ७८९२ नम्बरको यात्रुबाहक बसले शम्भुनाथ नगरपालिका ३ स्थित शम्भुनाथ मन्दिर प्रवेशद्वार नजिकै विपरीत दिशाबाट आउँदै गरेको स.१च. ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक सिरहाको सुखीपुर निवासी ४५ वर्षिय छेदिलाल कामतको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित रामेश्वर मुरारका अस्पतालमा पठाइएको छ । ठक्कर दिने बस प्रहरी नियन्त्रणमा लिइए पनि चालक भने फरार भएको र खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
सारांश
- पश्चिमबाट पूर्वतर्फ आइरहेको ना.
- ६ख.
- ७८९२ नम्बरको यात्रुबाहक बसले शम्भुनाथ नगरपालिका ३ स्थित शम्भुनाथ मन्दिर प्रवेशद्वार नजिकै विपरीत दिशाबाट आउँदै गरेको स.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया